म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ। गत असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ। पर्वत र बागलुङ […]
धादिङ ।जीवनभरको कमाइले बनाएको घर बूढीगण्डकीको बाढीले बगाएपछि आरुघाटका बासिन्दा बिचल्लीमा परेका छन् । हिजोसम्म आफ्नै घरमा बसेका परिवार अहिले विद्यालयमा आश्रय लिएर बस्न बाध्य भएका छन् । घरसँगै अन्नपात, लत्ताकपडा र दैनिक उपभोगका सामग्रीसमेत बगेपछि विस्थापित परिवारलाई बिहान–बेलुकाको छाक टार्नसमेत अरूको सहयोग चाहिएको छ । आइतवार बिहान बूढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी […]
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको छ। सङ्घीय सरकारको १४ करोड ५० लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण गरिएको हो। पृथ्वी राजमार्गसँगै जोडिएको नवनिर्मित १५ शय्याको यस अस्पतालबाट राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले […]
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ। विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो। वडाभित्र रहेका पञ्चकन्या आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र सिला सुत्केरी आधारभूत विद्यालयमा घेराबारा निर्माणको काम सम्पन्न भएको […]
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्।
हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन् । अजय सिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा …