प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल


प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक पत्रकार अर्याललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।

सोही बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई

पहिलो पोस्ट

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीटर मार्फत् बैठक सुरु भएको जानकारी दिएका हुन् ।   प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारमा ...

नेपाल आज

कुन्दन अर्याल र अच्युत मैनाली प्रधानमन्त्रीका सल्लाहकार

पत्रकार कुन्दन अर्याल र अच्युत मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकारमा नियुक्त गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले

अन्नपुर्ण पोस्ट

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमा बिष्णु रिमाल नियुक्त

एमाले नेता बिष्णु रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारमा नियुक्त भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई प्रधानमन्त्रीको ओलीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जानकारी दिए। रिमाल एमाले पोलिटब्यूरो सदस्य हुन्। २०७२ मा ओली प्रधानमन्त्री हुँदा रिमाल राजनीतिक सल्लाहकार थिए।

Setopati