महिलाले आरक्षण माग्ने होइन प्रतिस्पर्धा गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्। महिला उद्यमी महासंघद्वारा विहीबार ललितपुरको सानेपामा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आरक्षण होइन प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन्। ‘आरक्षण केही समयलाई हो। पछिलाई काम लाग्दैन’, उनले भने।