वैशाख ९ गते एमाले र माओवादी केन्द्रको एकता घोषणा: उपाध्यक्ष वामदेव गौतम


नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको गौतमले बताए। एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको खुलासा गरे ।

आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पुर्‍याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने, ‘२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।’

पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो ।

सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने बताए।

एमाले र माओवादी केन्द्रबीचको एकता राष्ट्रिय आवश्यकताले अगाडि बढेको प्रस्टोक्ति दिदैं उपाध्यक्ष गौतमले भने, ‘विगतमा आफूलाई पार्टी फुटाएको आरोप लाग्ने गरेको र त्यसलाई परिपूर्ति गर्न पनि आफूले पार्टी एकताको प्रयास गरेको सफलता हासिल गरेँ ।’

उहाँले आफूले बर्दियामा निर्वाचन हार्नुपर्ने कुनै कारण नभएपनि निर्वाचनमा पराजित भएको उल्लेख गरे । उपाध्यक्ष गौतमले भने, ‘पार्टी एकताको पहल गर्ने र दिनरात नभनी खटिने मैले निर्वाचनमा पराजित हुनुपर्ने कुनै कारण थिएन । तर प्राविधिक रुपमा मैले हारे । देशले जितेको छ ।’

उपाध्यक्ष गौतमले विचारसहितको एकीकृत कम्युनिस्ट पार्टी बनाएर भावी पुस्तालाई आफूहरुले जिम्मा दिन लागेको बताए।

‘हामीले विचार, कार्यक्रमसहितको शक्तिशाली कम्युनिस्ट पार्टी भावी पुस्तालाई दिन लागेका छौँ । अब भावी पुस्ताले हामीलाई प्रश्न उठाउने ठाउँ समेत बाँकी रहने छैन’,उपाध्यक्ष गौतमले अगाडी भने ।

वर्तमान सरकारले जनपक्षीय काम गर्ने विश्वास व्यक्त गर्दै एकाध वर्षमा मुलुकले ठूलो फड्को हान्ने स्पष्ट पारे  ।

सम्बन्धित सामग्री

नेकपा एकता : वैशाख ९ गते अन्तिम घोषणा गर्ने तयारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको बाँकी कार्यको घोषणा वैशाख ९ गते गर्ने तयारी भएको छ। तत्कालिन नेकपा एमाले र एमाओवादीबीच एकता भएर नेकपा बनेको एक वर्ष हुनलाग्दासमेत तल्ला कमिटीको एकताको काम बाँकी रहेको छ।  एकताको बाँकी कार्य टुंग्याउने सन्दर्भमा नेकपाको सचिवालयले वैशाख ९ गतेलाई केन्...

थाहा खबर

पार्टी एकता भोलि हुन्छ : एमाले उपाध्यक्ष वामदेव गौतम

काठमाडौं : मुलुकका प्रमुख कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता भोलि बिहीबार अौपचारिक घोषणासँगै हुने भएको छ। बुधबार सम्पन्न एमाले स्थायी कमिटी बैठकपछि जानकारी दिँदै बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान पार्टी एकता समन्वय समितिको बैठक बसेर पार्टी एकतास...

थाहा खबर

पार्टी एकता घोषणा गर्न एमाले र माओवादी सहमत

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत जेठ ६ गते एकता घोषणा हुनेछ । ७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता हुने एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए । बुधबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी …

अनलाइनखबर

वैशाख ९ मै एमाले–माओवादी एकता हुनेमा आंशका : माओवादी नेता

नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर वैशाख ९ गते गर्ने भनेको एकता घोषणा टर्ने देखिएको छ। सेतोपाटीसँग कुरा गर्दै माओवादीका एक नेताले पछिल्ला दिनमा एकता प्रक्रियाले आशातीत गति नलिएकाले वैशाख ९ गते एकता हुने सम्भावना लगभग टरेको बताए। चैत २५ गतेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष…

सेतोपाटी

वैशाख ९ गते पार्टी एकता हुन्छ : बामदेव गौतम - Naya Patrika

एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी एकताको...पूरा पढ्नुहोस् »

Naya Patrika

एमाले-माओवादी 'एक' भइसके, 'ता' जोड्न बाँकी छ : नेता गौतम

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एक भइसकेको बताएका छन्। सिंहदरबारमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गौतमले एमाले-माओवादी एक भइसकेको र घोषणा हुन मात्र बाँकी रहेको बताए। उपाध्यक्ष गौतमले २ पार्टी बीचको एकता निष्कर्षमा पुग्ने र मुलुकमा संयुक्त सरकार बन्ने स्पष्ट पारे। उनले...

Thaha Khabar

एमाले–माओवादी एकताको ९५ प्रतिशत काम सकियो : वामदेव गौतम

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको ९५ प्रतिशत काम सकिएको बताएका छन् । एमाले–माओवादी एकता संयोजन समितिको बैठकले एकताको विषयमा अधिकांश

Annapurna Post

मोहन वैद्यले अस्वीकार गर्दा वाम एकतामा ढिलाई भयो : गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन पहिलो साताभित्र माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन्। प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आइतबार आयोजित समारोहमा बोल्दै गौतमले पार्टी एकता भएरै छाड्ने उद्घोष गरेका हुन्।

Nagarik

एमाले-माओवादी मिल्न नसके ठूलो क्षति हुन्छ : उपाध्यक्ष गौतम

काठमाडौं :  एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए नेपालमा कम्युनिस्टहरुका लागि ठूलो दुर्घटना हुने बताएका छन्। आइताबार प्रेस चौतारी नेपालको २०औँ स्थापना तथा पुरस्कार एवं सम्मान कार्यक्रममा उनले पार्टी एकता हुनुपर्ने र नभए त्यसले दुर्घटना निम्त्याउने बताएका हुन्।  ...

Thaha Khabar