दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा गरिएको छ ।  सोमबार ‘फ्लोर क्रस’ भौतिक पूर्वाधार मन्त्री बनेका अम्मरबहादुर थापाको सहभागितामा कमिटीको घोषणा गरिएको हो ।  एमालेका नेता बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ समेत खुवाएका थिए । उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन् ।अध्यक्ष बनेका बरुनाथ योगीले रातोपाटीसँग भने ,‘ पार्टी एकता केही गरेर पन