मुख्यमन्त्री कार्कीद्वारा बुधबारे सडक शिलान्यास

मोरङ – कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ग्रामीण भेगदेखि सहरसम्म सहज आवतजावतका लागि सडक यातायात महत्वपूर्ण रहेको बताएका छन्। मोरङको उत्तरी भेगमा पर्ने लेटाङ ६ नं बुधबारे सडकखण्डको शुक्रबार शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले सडकको पहुँचबाट जनजीविकामा समेत प्रत्यक्ष सहजीकरण हुने बताए। मोरङको विकट भनिएको उत्तरी क्षेत्रबाट कृषि उपजदेखि अन्य सहजताका लागि सडक सञ्जाल अति आवश्यक […]