नक्कली प्रमाणपत्र पेस गरेर जागिर गर्ने शिक्षकविरुद्ध आरोप पत्र दायर

काठमाडौं : शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका व्यक्तिमाथि अख्तियारले आरोप पत्र दायर गरेको छ।अर्घाखाँचीको ठूला पोखरास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कार्यरत निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुटा प्रमाणपत्र सम्बन्धी आरोप पत्र विशेष अदालत काठमाडौंमा दायर गरेको हो।शिक्षक पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याई सोही नक्कली प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदा पाउने र ओहदामा बहाल रहने मनसाय राखेको उजुरी