काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रवार आफ्नो ६७औँ जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बिहानै दुई वटा केक काटे।
एउटा पार्टी कार्यालयबाट आएको अर्को मदन भण्डारी स्पोर्ट्स एकेडेमीबाट आएको।पार्टी कार्यालयबाट आएको केक काट्दा ओलीले पत्नी राधिका शाक्यलाई पर्खिएका थिए। ओलीपत्नी बाहिर निस्केकाले समयमै पुग्न नसकेपछि ओलीले केही समय पर्खेर केक काटे।
त्यसपछि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ल्याएको केक काट्दा भने ओली पत्नी आइपुगिन्। एकेडेमीले फुटबलको केक बनाएर ल्याएको थियो।
ओलीले उक्त फुटबल केट काट्दै भने, 'हावा फुस्काइदिउँ?'पत्नी राधिकाले प्रम ओलीलाई केक खुवाउँदै भनिन्, 'धेरै केक नखानु अझै खान बाँकी छ।'ओलीलाई जन्मदिनको अवसरमा शुभकामना दिन चीनका राजदुत यु होङ र भारतका राजदुत मन्जिभ सिंह पुरी बालुवाटार पुगेका थिए।
Share this Story
६७औँ जन्मदिनमा फुटबल केक काट्दै प्रधानमन्त्री केपी ओलीले भने 'हावा फुस्काईदिउँ?' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।