एमाले-माओवादी मिल्न नसके ठूलो क्षति हुन्छ : उपाध्यक्ष गौतम

    काठमाडौं :  एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए नेपालमा कम्युनिस्टहरुका लागि ठूलो दुर्घटना हुने बताएका छन्।

    आइताबार प्रेस चौतारी नेपालको २०औँ स्थापना तथा पुरस्कार एवं सम्मान कार्यक्रममा उनले पार्टी एकता हुनुपर्ने र नभए त्यसले दुर्घटना निम्त्याउने बताएका हुन्। 

    पार्टी एकता एक दुई नेताको मात्र चाहना नभएको र यसमा आ-आफ्ना पार्टीका आ-आफ्नै वाध्यता र परिस्थिति रहेको गौतमको दृष्टिकोण थियो। 'प्रचण्ड र म दुई पार्टी एकताबारे सम्झौताका हस्ताक्षरकर्ता हौं पार्टी एकता हुन्छ', उनले थपे, 'पार्टी एकतामा हाम्रो उद्देश्य लक्ष्य एउटै छ, मिल्न नसके ठूलो क्षति हुन्छ यो दुवै पक्षका नेताहरूले बुझेका छन्।'

    उनले एमाले र माओवादी देशका ठूला कम्युनिस्ट पार्टी भएकोले यी दुई पार्टी एकतालाई लिएर विश्वभरीका कम्युनिस्टहरुले चासो दिइरहेको बताए।

    अबको प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली नै हुने बताउँदै नेपाली जनता र विदेशी शक्तिहरूले पनि त्यही चाहेको उपाध्यक्ष गौतमको भनाइ छ। भारतीय विदेशमन्त्री सुस्मा स्वराजले भारत सरकारको मित्रताको सन्देश लिएर आएकी र त्यसबारे धेरै टीका टिप्पणी गरिरहन आवश्यक नरहेको गौतमको भनाइ थियो।

सम्बन्धित सामग्री

पार्टी एकता छिट्टै, रात रहे अग्राख पलाय हुन्छ : वरिष्‍ठ नेता नेपाल

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुनुपर्ने बताएका छन्। युवा संघ नेपालको २८औँ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रम तथा समृद्धि र सुशासनका लागि युवा अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ...

थाहा खबर

चैत महिनाभित्रै एमाले र माओवादीबीच एकता हुन्छ : माधव नेपाल

१८ फागुन, रामेछप । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चैत महिनाभित्र पार्टी एकता हुने बताएका छन् । रामेछाप सदरमुकाम मन्थलीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले भने, 'एमाले र माओवादी केन्द्रबीचको एकताको सबै तयारी पूरा भइसक्यो । अब घोषणा हुन मात्र बाँकी छ ।' एमाले र माओवादी केन्द्रबीचको …

OnlineKhabar

एमाले-माओवादी 'एक' भइसके, 'ता' जोड्न बाँकी छ : नेता गौतम

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एक भइसकेको बताएका छन्। सिंहदरबारमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गौतमले एमाले-माओवादी एक भइसकेको र घोषणा हुन मात्र बाँकी रहेको बताए। उपाध्यक्ष गौतमले २ पार्टी बीचको एकता निष्कर्षमा पुग्ने र मुलुकमा संयुक्त सरकार बन्ने स्पष्ट पारे। उनले...

Thaha Khabar

एमाले–माओवादी एकताको ९५ प्रतिशत काम सकियो : वामदेव गौतम

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको ९५ प्रतिशत काम सकिएको बताएका छन् । एमाले–माओवादी एकता संयोजन समितिको बैठकले एकताको विषयमा अधिकांश

Annapurna Post

यसरी तुहियो एमाले-माओवादी पहिलो एकता प्रयास

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता छिट्टै हुने बताएका छन् । आइतवार आयोजित प्रेस चौतारी नेपालको वार्षिकोत्सव कार्यक्रममा

Annapurna Post

मोहन वैद्यले अस्वीकार गर्दा वाम एकतामा ढिलाई भयो : गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन पहिलो साताभित्र माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन्। प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आइतबार आयोजित समारोहमा बोल्दै गौतमले पार्टी एकता भएरै छाड्ने उद्घोष गरेका हुन्।

Nagarik