धारा बनेको ८ महिनासम्म पानी आएन

१९ कात्तिक, बझाङ । खप्तडछान्ना गाउँपालिका-५ मतुवाकी शर्मिला उपाध्यायलाई जहिल्यै पानीको चिन्ता हुन्छ । नजिकै कुवाको पानी वा टाढाको धाराबाट पानी बोकेर दैनिकी चलाउनु उनको नियति जस्तै हो । उपाध्यायलाई गत चैतमा भने लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्नेमा आशा पलायो । टोलमै नयाँ खानेपानीको धारा बनेपछि पानीका लागि दुःख गर्नु नपर्ने भन्दै […]

सम्बन्धित सामग्री

रुगाबासीको घरघरमा धारा

मुगु– सदियौंदेखि नदीको पानी खाँदै आएका मुगुको छायाँनाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका नागरिकको घरघरमा एक घर एक धारा जडान भएको छ । स्थानीय सरकारबाट निर्माणकार्य सम्पन्न भई घरघरमा खानेपानीका धारा पाएपछि स्थानीय खुसी हुनुका साथैं सदियौंदेखि नदीको पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । यो बस्ती सुरु हुँदादेखि नै नदीको फोहोर पानी खाँदै आएका रुगाबासीको […]

घरघरमा धारा बनेपछि खुसी

चौतारा, १ जेठ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग छिन्। एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन् । मैयाले भनिन्, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै […]

धारा छ पानी छैन

काठमाडौँ,२९ माघ । डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो । अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो । यहाँ दुई सय ५० घरधुरी छन् । यहाँ वि.सं […]

सुके नेपालगञ्जका धारा, कहिले आउला राप्तीको पानी ?

नेपालगञ्ज – नेपालगञ्जमा पानीका धारा सुकेका छन्। पछिल्लो समय बढ्दै गाएको अत्याधिक गर्मीपछि धारा सुक्दा नेपालगञ्जवासी थप पीडामा परेका छन् । पछिल्लो समयमा नेपालगञ्जमा वर्षेनी पानीको अभाव बढ्दो क्रममा छ । ४०÷५० फिट गहिराईमा पानी आउने नेपालगञ्जमा अहिले यतिमा पानी भेटिन छोडेको छ । तल्लो सतहमै पानी भेटिन मुश्किल परिरहेको छ । बार्हैमास पानी आउने […]

माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’

बनेपा, २७ चैत । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी छन् । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उनले भने“ घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट्टै समय छुट्याउनुपर्ने बाध्यताको अन्त्य भयो । ” सोही वडाका दमाराका […]

घर-घरमा धारा पुगेपछि खुसीले दंग छन् सिर्पाबासी

सल्यान : जिल्लाको बागचौर नगरपालिका–५ सिर्पाका घर घरमा खानेपानीका धारा पुगेसँगै यहाँका स्थानीय खुसीले दंग बनेका छन्।अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गरिएको सिर्पा खानेपानी तथा जलवायु अनुकूलन कार्यक्रममा अध्यक्ष शेरबहादुर वलीले बताए।अव्यवस्थित सामुदायिक खानेपानीका धारा रहेको  क्षेत्रमा घर घरमै धारा जडान भएपछि स्थानीयमा खुसियाली छाएको उनको भनाइ छ ।घरघरमा धारा आएपछि सामुदायिक धारामा पानी भर्न लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउने

कुमाख डाँडाकटेरीका घरघरमा धारा, स्थानीय हर्षित

सल्यान : घरघरमा खानेपानीको धारा आएपछि कुमाख गाउँपालिका–२ डाँडाकटेरीका स्थानीयवासीमा खुशीयाली छाएको छ। उनीहरुको आघा घण्टाको बाटोमा हिँडेर पानी बोक्नुपर्ने बाध्यता पनि हटेको छ।घर घरमा धारा आएपछि विगतमा पानी बोक्दाको पीडा अहिले दूर भएको  ६० वर्षीया टिकादेवी चन्द बताउँछिन्। ‘६० वर्षको उमेरपछि घरमै धारा देख्न पाइयो,’ उनले भनिन्, ‘पानी बोक्दाबोक्दा ढाडको छाला बाक्लो भइसकेको थियो। अहिले खुशी लागेको छ।’घर घरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीलाई भएको स्थानीय ४५ व

चार दिनमै ठड्याइयो भृकुटीमण्डपमा धारा

२० चैत, काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डप, काठमाडौंमा धारा खोलेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरण औपचारिक रुपमा शुभारम्भ गरिन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले १५ चैतमै महाकाल चौरमा कार्यक्रम गरेर पानी वितरणको सुरुवात गरेको थियो । त्यसको ५ दिनपछि शुक्रबार भव्य कार्यक्रम गरी राष्ट्रपतिले पुनः पानी वितरणको शुभारम्भ गरिन् । यो कार्यक्रम […]

मेलम्चीको पानी छाडियो, आधा घण्टामा धारा-धारामा

काठमाडौं : मेलम्चीको पानी काठमाडौंबासीको धारा-धारामा पठाइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रमुख मिलन शाक्यले आइतबार दिउँसो पानीको चाबी खोलेर उपभोक्ताको धारामा मेलम्चीको पानी पठाएका हुन्।अहिले मेलम्चीको पानी छोडिसकेको र अबको आधा घन्टापछि चावहिललगायत अन्य ठाउँका ग्राहकको  धारामा पुग्ने शाक्यले बताएका छ्न्।मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने बताइएको छ।

राष्ट्रपतिको कार्यालयबाट ‘धारा’ हरायो, मिडियाको समाचारबाट ‘मान्छे’ हरायो !

नझुक्किनुस् है माथिको ‘क्लिकबेटे’ हेडलाइनबाट। राष्ट्रपतिको कार्यालयबाट हराएको भनेर ‘पानी आउने धारा’ होइन, पानी नआउने धारा अर्थात् ‘संविधानको धारा’ भन्न खोजिएको हो। राष्ट्रपतिको कार्यालयमा आज विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइयो। प्रतिनिधि सभा भङ्ग भएको अवस्थामा संसदीय समितिमा सुनुवाई गर्नुपर्ने कि नगर्ने भन्ने विवादका बीच शपथ ग्रहणको कार्यक्रमपछि राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिको भाषा रोचक [...]