सत्तारुढ नेकपा सांसद शेरबहादुर तामाङले कार्यकारी राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद तामाङले नेपालको शासकीय स्वरुप महँगो भएको भन्दै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने तर्क गरे।