१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ। ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ,’ आयोगले भनेको छ, ‘अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। यी रोकिएका […]

सम्बन्धित सामग्री

६१ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौँ- आइतबार सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद समेत दिएका छन् ।

देशभरका १५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ।

१५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः ३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”

निर्धक्क भई मतदान गर्नुस् : निर्वाचन आयोग

ललितपुर : निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भई मतदान गर्न आग्रह गरेका छन्।ललितपुरस्थित टिका विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौड्यालले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाउन पनि आग्रह गरे।‘आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भइ आफ्नो मतदान गर्न आग्रह गर्छु’, उनले भने, ‘आफ्नो अमूल्य मतबाट देशमा योग्य उम्मेदवारको छनोट  गरी देशलाई सुख, समृद्धि दिलाउन भोट अमूल्य हुन्छ

कम्तीमा २५ वटा केन्द्रको मतदान स्थगित

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका क्रममा शुक्रबार कम्तीमा २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ । निर्वाचन आयोग स्रोतका अनुसार अहिलेसम्म २५ मतदान स्थलको मतदान स्थगित भएको सूचना आयोगमा आइसकेको छ । स्थगित भएका स्थानमा छिट्टै निर्वाचन गर्न तयारी सुरु भएको आयोगका एक अधिकारीले बताए । मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था […]

चार बजेसम्म करिब ५५ प्रतिशत मतदान : निर्वाचन आयोग

स्थानीय तह निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म देशभर करिब ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहानैदेखि देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको र अपरान्ह ४ बजेसम्ममा करिब ५५ प्रतिशत मतदान भएको जनाएको हो । यो निर्वाचनमा देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ वटा मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ […]

कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छैन : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको स्पष्ट पारेको छ । आयोगले केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुने क्रम जारी रहेको सूचना जारी गर्दै जानकारी गराएको हो । आयोगले भनेको छ, ‘आयोगले एक सूचना जारी गर्दै अहिलेसम्म केही स्थानमा छिटपुट घटनाबाहेक देशभर स्थानीय सदस्य निर्वाचनमा […]

सात जिल्लाका केही स्थानमा मतदान अवरुद्ध : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले देशभर सात जिल्लाका विभिन्न मतदान स्थलमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सामान्य विवाद भएपछि मतदान कार्य अवरुद्ध भएको हो । दोलखा, रामेछाप, सर्लाही, सप्तरी, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा मतदान अवरुद्ध भएको उनले जानकारी दिए । ती स्थानमा मतदान कार्य पुनः सुरु […]

माधव नेपालको प्रतिक्रिया : पैसाको बिगबिगी र भोजभतेर रोक्न निर्वाचन आयोग असफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुनावमा पैसाको बिगबिगी भएको बताएका छन् । रौतहटको गौरको रामजानकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका हुन । ‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’ प्रहरी […]

स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान सम्भव छैन् : निर्वाचन आयोग

काठमाडौँ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान यन्त्र (इलेक्ट्रोनिक भोटिङ मेसिन) को प्रयोग हुने सम्भावना करिब समाप्त भएको छ । नेपालमा तयार भएको मेसिनको विश्वसनीयता प्रमाणीकरणमा अन्यौल भएपछि निर्वाचन आयोगले मेसिनको प्रयोग नगर्ने भएको हो । सरकारले तदारुकता देखाएर मेसिनको गुणस्तर प्रमाणीकरण गरिदिएको अवस्थामा बाहेक निर्वाचन आयोग स्थानीय निर्वाचनमा मेसिनबाट मतदान […]