टी–२० विश्व कप छनोट : उद्घाटनमा नेपाल र ओमान खेल्ने

काठमाण्डाै – आईसीसी विश्व कप टी–२० ग्लोबल छनोट 'ए' अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज शुक्रवार सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने भएकाे हो । ग्लोबल छनोटअन्तर्गत नेपाल रहेकाे समूह 'ए' मा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह १ मा नेपाल, ओमान, क्यानडा, र...