सांसद कानोडियाको चिनी मिलले १२ हजार उखु किसानको पैसा तिरेन

२६ असोज, काठमाडौं । चिनी मिलले उखुको पैसा नतिरेको भन्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गोडौता नगरपालिका–६ मा रहेको महालक्ष्मी सुगर मिलले १२ हजार किसानको १० करोड रुपैयाँ एक वर्षदेखि भुक्तानी नगरेको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । एक लाख ९२ हजार ३०७ क्विन्टल ७६ किलो उखु बिक्रीको पैसा नपाउँदा किसानहरु […]

सम्बन्धित सामग्री

चिनी मिलको तीतो व्यथा

रौतहटका उखु किसानले उद्योगमन्त्री रमेश रिजाललाई भेटी त्यहाँ अवस्थित श्रीराम सुगर मिल्स सञ्चालन गराउन माग गरेका छन् । नेपालमा चिनी मिल सञ्चालन गर्दा निकै विवादमा फस्नु परेपछि उद्योगीहरू यसलाई सञ्चालन गर्नभन्दा बन्द गर्न सहज मानिरहेको अवस्था छ । यसो हुनुमा सरकार, उखु किसान र उद्योग व्यवस्थापन बीच समन्वय र सहकार्य नहुनु हो । त्यसैले उद्योग सञ्चालनभन्दा पनि यसको व्यवस्थापन पक्षमा ध्यान नदिने हो भने उद्योग खुले पनि समस्या उस्तै रहिरहन्छ ।  नेपालमा उखु किसानले विक्री गरेको उखुको मूल्य भुक्तानी नभएको विषयले निकै तरंग ल्यायो । उनीहरूले माइतीघर मण्डलामा अनशन बसेर भुक्तानी लिनुपर्ने अवस्था आयो । त्यतिबेला चिनी मिलका मालिकले आफ्ना समस्या सुनाउँदा कमैको ध्यान गयो । जबसम्म उखु किसानका समस्या समाधान हुँदैन, जबसम्म चिनी मिलका मालिकको समस्या पनि समाधान हुँदैन तबसम्म नेपालमा चिनी कारखाना सहज रूपमा सञ्चालन हुने वातावरण बन्दैन भनेर बारम्बार भनिँदै आए पनि सरकारले यसलाई बेवास्ता गर्‍यो । समस्या बहुपक्षीय भएकाले सरोकारवाला सबै बसेर समाधानको ढोका खोल्नुपर्नेमा सरकार चुक्यो । यस्तो अवस्थामा चिनी मिल सञ्चालन गर्न उद्योगीहरू अनिच्छुक हुनु अन्यथा होइन ।  उद्योग सञ्चालन गर्न सरकारलाई गुहार्नुको अर्थ पनि हुँदैन । सरकार आफैले चलाएका उद्योग सञ्चालन गर्न नसकेर बन्द गरिरहेको छ । सञ्चालनमा रहेका उद्योगमध्ये अधिकांश घाटामा छन् । यस्तोमा श्रीराम सुगर मिल्स सञ्चालन ल्याउन त्यति सहज देखिँदैन । उद्योगीहरूले चिनी विक्री गर्न नसकेर आउने समस्यामा सरकारले सहजै समाधान दिन सक्थ्यो । त्यो चिनी किनेर भण्डारण गरिदिएको भए मिलले पैसा पाउँथे र किसानले पनि उखुको भुक्तानी पाउँथे । आयातित सस्तो चिनी अर्को समस्या हो । खुला सिमानाका कारण सस्तो चिनी आयात हुँदा नेपाली चिनीले बजार पाउन समस्या भएको थियो ।  चिनी आयातमा प्रतिबन्ध लगाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने हुन्थ्यो । त्यसैले यो समस्याको समाधान त्यति बेला ननिकाल्दा नै उद्योग बन्द हुने अवस्थामा पुगेको हो । त्यसैले उद्योग सञ्चालनभन्दा पनि कसरी चिनी उद्योगको व्यवस्थापन मिलाउने भन्ने कुरा अहिलेका लागि सोच्न आवश्यक छ । चिनी मिल र उखु किसानले भोग्दै आएका समस्या समाधान नभए बाँकी रहेका उद्योग पनि बन्द नहोलान् भन्न सकिँदैन ।

बजारको समस्याले कपिलवस्तुका उखु किसान चिन्तित

कपिलवस्तु । पायक पर्ने स्थानमा चिनी मिल नहुँदा कपिलवस्तुका उखु किसान समस्यामा परेका छन् । यहाँको श्री महालक्ष्मी सुगर मिल सर्लाही जिल्लामा स्थानान्तरण भएपछि उखु किसानहरूलाई असहज भएको हो ।  सुगर मिल नहुँदाको फाइदा

किसानले पाएनन् उखुको भुक्तानी

उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘हिन्दुको दसैं जस्तो ठूलो चाडपर्वमा पनि किसानलाई भुक्तानी दिइएको छैन,’ उनले भने।अन्नपूर्ण चिनी मिल सर्लाहीले किसानको ६ करोड तिर्न बाँकी छ। श्रीराम सुगर मिल रौतहटले तीन करोड भुक्तानी अझै गरेको छैन। इन्द्र सुगर मिल नवलपरासी र लुम्बिनी चिनी मिलले किसानको दुई

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनको तयारीमा

साउन १४, सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करीब रू. ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताए ।  विसं २०७४ कै पैसा नपाएको गुनासो जिल्लाका उखु उत्पादक किसानको छ । पटकपटकको आन्दोलनपछि महालक्ष्मी र अन्नपूर्ण सुगर मिलबाट करीब रू. तीन लाख भुक्तानी पाए पनि महतोले उद्योगबाट अझै रू. ८५ हजार उठाउन बाँकी रहेको छ । उखुकै पैसा माग्न जिल्लाका उखु उत्पादक किसान काठमाडौं पुगेका महतोले बताए । ‘मैले पहिला दुई बिघा जमिनामा उखु लगाउँथे । उखु बेचेरै आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको मलाइ उद्योगले भुक्तानी नदिएपछि अहिले समस्या भएको छ’, महतोले बताए । सरकारबाट आश्वासन पाए पनि भुक्तानी हुन सकेन, यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौंतर्फ लागेको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए । सचिव रायले आफूले पनि करीब रू. २० लाख भुक्तानी नपाएको बताएका छन् । समितिका अनुसार इन्दिरा सुगर मिलबाट रू. तीन करोड, लुम्बिनीबाट रू. तीन करोड, अन्नपूर्णबाट रू. १२ करोड, महाकालीबाट करिब नौ करोड भुक्तानी हुन बाँकी छ । श्रीराम सुगर मिलबाट पाउनुपर्ने रु तीन करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानले अहिलेसम्म पनि नपाएको सचिव रायले बताए । उखु उत्पादक किसानले उत्पादन गरेको उखुको भुक्तानी नपाउँदा जिल्लाका किसान उखु उत्पादन पेशाप्रति असन्तुष्ट बन्दै गएका छन् । समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटकपटक आन्दोलन गर्न बाध्य छन् । विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौं पुगेका हुन् । पहिला सरकारलाई आफ्नो अवस्थाबारे जानकारी गराउने र माग सम्बोधन नभए पुनः आन्दोलनको घोषणा गर्ने उनीहरुले बताएका छन् । ‘श्रीरामका सञ्चालकले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिएका छन् तर किसानले पाएका छैनन्’, सचिव रायले बताए । ‘महाकालीले करीब रू. दुई करोड अनुदान रकम पनि दिएको छैन ।’ यस वर्ष महाकालीले करीब दुई महीना क्रसिङ गरेको थियो तर एक महीनाको मात्रै भुक्तानी गरेको समितिले जानकारी दिएको छ । उखु किसान विसं २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । विसं २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौतासमेत भएको थियो । विसं २०७६ माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो तर सम्पूर्ण रकम भुक्तानी अहिले पनि भएको छैन ।  रकम नपाएपछि पीडित किसानले गत चैत ८ गते माइतीघरमा रिले अनशन गर्ने घोषणा गरेका थिए तर चैत ११ गतेदेखि लकडाउन भएपछि अनशन स्थगन भयो । सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले २०७७ कात्तिक २३ गते तत्कालीन उद्योगमन्त्री लेखराज भट्टलाई स्मरणपत्र बुझाएका थिए । जिल्लाका उखु उत्पादक किसानले कात्तिक २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी समस्या समाधानको पहल गरिदिन अनुरोध गरेका थिए तर किसानले आश्वासनबाहेक केही नपाएको बताएका छन् । ‘विभिन्न राजनीतिक दलदेखि राष्ट्रपतिसम्म आफ्नो कुरा राखेका छौँ, केन्द्रमा मात्रै नभई जिल्लामा पनि कयौँपटक आन्दोलन भयो’, उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए ।  मिलमा अनशन बस्यो, भुक्तानी दिने सहमति पनि हुन्छ तर कार्यान्वयन हुँदैन ।’ भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौं धाउनुपरेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीसँगको भेटपश्चात पनि माग सम्बोधन नभएपछि उनीहरू पुनःआन्दोलनमा उत्रिन बाध्य भएका छन् । त्यसपश्चात् केही उद्योगीले भुक्तानी गरे पनि अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बिनीले पूर्णरूपमा भुक्तानी गरेका छैनन् । त्यसपछि विसं २०७७ पुसमा किसानले दोस्रोपटक काठमाडौंमा आन्दोलन गरेका थिए । आन्दोलनकै दबाबले सुगर मिलले केही रकम मात्रै भुक्तानी गरेको थियो ।  सरकारले चिनी उद्योगीको शेयर र जग्गा लालपुर्जा रोक्का गर्ने तथा २१ दिनभित्र भुक्तानी नगरे कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि किसानले आन्दोलन स्थगन गरेका थिए । १६ दिनको आन्दोलनपछि सरकार र उखु किसान संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो । उता आन्दोलनमा सहभागी सर्लाहीका उखु किसान नारायणराय यादवको मस्तिष्कघातका कारण मृत्यु भएको थियो । मिलले सरकारले तोकेको उखुको समर्थन मूल्यसमेत नदिएर ठग्ने गरेको रायको आरोप छ । ‘करीब २० प्रतिशत घटाएर किसानलाई पैसा दिइन्छ’, उनले भने, ‘सरकार र उद्योगीबाटै अत्याचार भयो । किसान सधैँ मारमा परेका छन् ।’ रासस

सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै उखु किसान काठमाण्डौमा

काठमाण्डाै - सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै उखु किसान फेरि काठमाण्डौ आएका छन् । चिनी मिलबाट अझै १५ करोड भुक्तानी नपाएपछि सरकारलाई दबाब दिन काठमाण्डौ आउनुपरेको उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो ।  गएको पुसमा उखु किसानले काठमाण्डौमा आन्दोलन गरेपछि चिनी मिलले केही रकम मात्रै भुक्तानी गरेका थिए । १६ दिनको आन्दोलनपछि सरकार र उखु किसान सङ्घर्ष समितिबीच ४ बुँदे सहमति भएको थियो । त्यसअघि २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौता भएको थियो ...

‘छुट्टै कानूनी र संस्थागत व्यवस्था नगरे उखु खेती र चिनी मिल सकिन्छन्’

२२ पुस, काठमाडौं । नेपालमा उखु खेती र चिनी उद्योग प्रवर्द्धन गर्न छुट्टै कानूनी व्यवस्थासहितको स्वायत्त संस्थाको आवश्यकता रहेको एक अध्ययनले सुझाएको छ । उखु खरिद बिक्रीमा भुक्तानीको स्वचालित पद्धति स्थापना गर्ने तथा उखु किसान र …

चिनी मिल सञ्चालन नहुँदा आधा मूल्यमै सख्खर उद्योगलाई दिन वाध्य

चिनी मिल सञ्चालन नहुँदा रौतहटका उखु किसान आधा मूल्यमै सख्खर उद्योगलाई उखु विक्री गर्न बाध्य भएका छन् । रौतहटको गरुडामा अवस्थित श्रीराम सुगर मिल यस वर्ष सञ्चालन नहुँदा यहाँका किसानहरु सरकारले तोकेको मूल्यभन्दा आधा मूल्यमा नै सख्खर उद्योगमा उखु विक्री गर्न बाध्य भएका हुन् ।

चिनी मिल मालिक अग्रवाल सम्पर्कमा, फागुनसम्‍म सबै रकम तिर्ने लिखित प्रतिबद्धता

तस्बिर : माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान काठमाडौं । अन्‍नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल उद्योग

नगदे बालीको उधारो कथाः भुक्तानी नपाउँदा दिनदिनै पीडित बन्दै उखु किसान

सुमित मिश्र- सर्लाहीः लामो समयसम्म पनि भुक्तानी नपाएपछि उखु किसान चरणबद्ध आन्दोलनमा छन्। पछिल्लो समय मिल सञ्चालक खोज्दै किसान काठमाडौँमा छन्। आफ्नो पसिनाको मूल्य भराइदिन माग गर्दै सरकारसामु किसान हारगुहार गरिरहेका छन्। सरकारमाथि नियमित दबाब पनि किसानहरूले दिइरहेका छन्। कतिपय किसानहरूले पाँच वर्षदेखि चिनी मिल सञ्चालकबाट पैसा पाएका छैनन्। सर्लाहीका

भुक्तानी नपाएपछि उखु किसान आन्दोलित

नवलपरासी : एक वर्ष बित्दा समेत भुक्तानी नपाएको उखु किसानहरुले आन्दोलनको चेतावनी दिएका छन्। चाडबाड नजिकिँदै जाँदा उखु बेचेको रकम चिनी मिल सञ्चालकहरुले भुक्तानी नगरेकाले आन्दोलनको बिकल्प नभएको उनीहरुले बताए।  किसानहरुले प्रतापपुरको बेलाटारीमा उखु कृषकहरुको बृहत् भेला गरेर आन्दोलनमा जाने निर्णय गरेका हुन्। उनीहरुले...