मोटरसाइकल र स्कुटर डोर्‍याएर सरकारविरुद्व अनेरास्ववियुको प्रदर्शन

स्थानीय तहको निर्वाचनको मिति घोषणा र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियु ले बुटवलमा मंगलवार भण्डाफोर विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले गठबन्धन सरकारविरुद्ध मोटरसाइकल र स्कुटर डोर्‍याउँदै प्रदर्शन गरेको हो ।  प्रदर्शनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न र मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरे ।  उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई...