ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतसँग भएका नयाँ अन्तरदेशीय प्रसारण लाइन सम्झौताबारे मिडियामा आएका समाचारहरू भ्रामक भएको भन्दै औपचारिक प्रष्टिकरण जारी गरेको छ। मन्त्रालयका अनुसार, नेपाल र भारतबीच इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानीको मोडेल अपनाइनेछ। विज्ञप्तिमा उल्लेख भएअनुसार, यी प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि दुवै […]