प्रलयका कथावाचक

सोभियत संघको दबदबाको समयमा सैन्य समूह नेटोका गतिविधिलाई निस्तेज पार्न वार्स नामको सामरिक समूह क्रियाशील थियो। उसकै छत्रछायामा अन्य युरोपेली देशझैँ हंगेरी पनि वार्सको एक सदस्य थियो। सन् २००२ मा हंगेरीका इम्रे केर्तेजले साहित्यतर्फको नोबेल पाएपछि यो देश विश्वसाहित्यको बहसमा झुल्कियो। दुई दशकपछि इतिहास दोहोरिएको छ– हंगेरीका आख्यानकार लास्लो क्रास्नाहोर्काईलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार […]