काठमाडौँ। इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख डीएसपी प्रकाश कोइरालाको आज (बुधबार) हृदयाघातका कारण मृत्यु भएको छ। भञ्ज्याङबाट पशुपतिनगर फर्केपछि बुधबार बिहान उनी अकस्मात् ढलेका थिए। स्वास्थ्य जटिल देखिएपछि उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो। उनको काठमाडौंस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।