काठमाडौं– निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ । आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठेगानाभन्दा फरक जिल्लामा रहेका मतदातालाई मताधिकार प्रयोग गर्न पाउने गरी अन्तर–जिल्ला मतदान अधिकारको व्यवस्था गर्न आग्रह गरेको हो […]