कहिलेकाहीँ ४/५ घण्टाको फरकमा त्यहाँबाट लासहरू निकालिन्थ्यो। ती लासका आफन्तहरू हामी बसिरहेकै छेउछाउका हुन्थे। आँखै अगाडि ती आफन्तहरूको चित्कार सुन्न पर्थ्यो। कतिलाई सम्हाल्न पऱ्यो, कतिलाई सम्झाउन पर्थ्यो। झन् आफ्नै हजुरबुवाको अवस्था सम्झेर भक्कानिएर आउँथ्यो।