काठमाडौँ। मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज (सोमबार) सर्वसाधारणलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका १६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतीलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका […]