सर्वोच्च अदालतको फैसला एमालेलाई मान्य ! कार्यकर्तालाई अमान्य

काठमाडाैं : प्रतिनिधिसभा पुनर्स्थापनासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि नेकपा एमालेका कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्।पार्टीले अदालतको फैसला मान्ने बताए पनि कार्यकर्ताहरू भने उक्त फैसलाको विरोधमा सडकमा उत्रिएका छन्। एमालेका कार्यकर्ताहरूले सर्वोच्चको फैसला नमान्ने भन्दै प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन गर्दै पुत्लासमेत जलाएका छन्।युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतको आह्वानमा कार्यकर्ताले काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म फैसला

सम्बन्धित सामग्री

‘राष्ट्रपतिमाथि गम्भीर नैतिक संकट सृजना भएको छ’

सोमबारको सर्वोच्च अदालतको फैसला संविधान अपेक्षित कुरा हो । अर्थात् नेपालको संविधानमा टेकेर गरिएको फैसला हो यो । अन्यथा संविधान विचलन हुने अवस्थामा गइसकेको थियो । यो फैसलाले संविधानलाई ‘ट्रयाक’मा राखिदिएको छ । अर्कोतर्फ अदालती प्रक्रियाबारे ‘सेटिङ छ, जालझेल भयो’ भन्ने जस्ता अफवाह सुनिएका थिए । आजको फैसलाले मात्र होइन यसअघिका फैसलाहरूले सर्वोच्च अदालत निष्पक्ष […]

कार्यकर्तालाई महेश बस्नेतको आह्वानः अदालतको फैसलाविरुद्ध विरोधमा उत्रिऔं

काठमाडौ। एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला असंवैधानिक भएको भन्दै कार्यकर्ताहरुलाई विरोधमा उत्रिन आह्वान गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलालाई नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिनको संज्ञा दिएका छन्। व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाले हातमा लिएको भन्दै देश राजनैतिक द्वन्दमा प्रवेश गरेको र परमादेश कार्यान्वन गर्न असम्भव भएको उनले बताए।

सर्वोच्च परिसरमा रहेको जिल्ला अदालतको भवनमा आगलागी

काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार आगलागी भएको छ । सर्वोच्च अदालत परिसर भित्र रहेको जिल्ला अदालतको पुरानो भवनमा बिहानको समयमा आगलागी भएको हो ।    सिंहदरबारको ...