कोरोनाको त्रासले स्वदेश फर्किने नेपालीको लर्को

गुजाराका लागि भारत पसेका नेपालीहरु कोरोना भाइरसको त्रासले स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि त्यहाँ गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका हुन । भारतबाट फर्किने नेपालीको अहिले गौरीफन्टा नाकामा लर्को नै लाग्ने गरेको छ । केही महिना अगाडि कोरोना महामारीकाबीच यताबाट भारत जानेको भीडभाड थियो । अहिले उताबाट फर्किनेको लर्को लागेको छ ।

सम्बन्धित सामग्री

नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा

बाँके । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो । कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द हुँदा व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै यात्रुले समेत सास्ती बेहोर्नुपरेको थियो । लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ । सीधा यातायात सेवा सञ्चालन नहुँदा कामको खोजीमा भारत जाने र भारतबाट घर फर्किने नेपाली धेरै ठाउँमा ठगिने गरेका थिए । बससेवा सञ्चालन भएपछि अब सीमावर्ती भारतीय बजार रुपैडिहालगायतका भारतीय सहरमा भारतबाट घर फर्किने नेपाली लुटिने तथा ठगिने घटना रोकिने होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए । नेपालगञ्जबाट स्वास्थ्योपचारका लागि दैनिकजसो ठूलो संख्यामा नेपाली नागरिक भारतको लखनउ जाने गरेका छन् । त्यसलाई लक्षित गरेर हरेक दिन बिहान ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राति ८ बजे बस छुट्ने व्यवस्था मिलाइएको भेरी यातायात प्रालिका अध्यक्ष गिरीले जानकारी दिए । रासस