जुम्लाको च्यारेचौरलाई 'मेडिकल हब' बनाइने

जुम्ला - जुम्लाको च्यारेचौरलाई 'मेडिकल हब' बनाउने याेजनासहित भाैतिक संरचना निर्माणकाे काम अगाडि बढाइएकाे छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे मंसिर २६ गते एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरुकाे उद्घाटन गरेपछि जुम्लाकाे च्यारे चाैरलाई मेडिकल हबको रुपमा विस्तार गर्ने तयारी गरिएको हाे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट-६ किलोमिटर टाढा च्यारे चौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि दुई दर्जनबन्दा बढी भौतिक संरचना निर्माण गर्ने तयारी गरेको छ ।&nb...