वैदेशिक स्रोत जुटाउनै मुश्किल

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० मा सरकारले झन्डै रू. ३ खर्ब वैदेशिक स्रोत जुटाउने लक्ष्य राखे पनि आवको आधा अवधि सकिँदा अपेक्षाभन्दा कम उपलब्धि प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार बजेटको अर्धवार्षिक समीक्षासम्म बजेटरी प्रणालीमार्फत जम्मा रू. ३४ अर्ब ५७ करोड स्रोत जुटेको छ । सरकारले दातृ निकायसँग अनुदान र ऋण लिन्छ । बजेटको मध्यावधि समीक्षासम्म रू. ८ अर्ब ११ करोड ५३ लाख अनुदान प्राप्त भएको छ । ऋणतर्फ रू. २६ अर्ब ४५ करोड ८८ लाख रुपैयाँ प्राप्त भएको छ । सहायता प्रतिबद्धतामा भने झीनो वृद्धि देखिएको छ । विभिन्न दाताले २३ अर्ब १२ करोड रुपैयाँ अनुदान र १ खर्ब १४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिबद्धताअनुसार स्रोत प्राप्त हुन भने नसकेको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा विभिन्न विकास आयोजना र कार्यक्रम कार्यान्वयन गर्न १ खर्ब १० करोड रुपैयाँ बराबरको प्रतिबद्धता दातृ निकायबाट प्राप्त भएको थियो । उक्त प्रतिबद्धताअनुसार सबै स्रोत आएको छैन । आएको वैदेशिक सहायता परिचालनमा समस्या कायमै छ । अर्थ मन्त्रालयका अनुसार कमजोर आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वयन सुस्त भई पूँजीगत खर्च न्यून हुन गएकाले त्यसको प्रभाव विकास साझेदारले गर्ने सोझै भुक्तानी तथा शोधभर्ना रकममा परेको छ । यसले गर्दा समीक्षा अवधिमा वैदेशिक सहायता परिचालन उल्लेख्य बढ्न नसकेको हो । नेपाललाई प्राप्त हुने विकास सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्ने सरकारको नीति कार्यान्वयनमा उल्लेखनीय प्रगति भएको अधिकारीहरूको दाबी छ । तर, सबै प्रकारका विकास सहायतालाई बजेट प्रणालीमा समावेश गर्न अर्थले अझै सकेको छैन । नेपालको सार्वजनिक वित्त प्रणाली मापदण्डमा आधारित भइसकेको अवस्थामा पनि दाताले आआफ्नै जोखिम विश्लेषण नतिजालाई आधार बनाई नेपालले प्राप्त गर्ने अनुदान सहायताको केही अंश राष्ट्रिय बजेट प्रणालीभन्दा बाहिरबाट अन्तरराष्ट्रिय संस्था एवं गैरसरकारी संस्थामार्फत परिचालन गरिरहेका छन् । प्राविधिक सहायतालाई आयोजनाको पूर्वतयारीका क्रियाकलाप सम्पन्न गर्न तथा कार्यान्वयन निकायको संस्थागत क्षमता अभिवृद्धि एवं आयोजनाका लागि आवश्यक विशेषज्ञताको कमी पूरा गर्ने काममा केन्द्रित गर्न अर्थ मन्त्रालयले नसकेको बजेटको अर्धवार्षिक समीक्षामा स्वीकारिएको छ । अर्थ मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार नीतिगत व्यवस्था र निरन्तर प्रयास हुँदाहुँदै पनि विकास सहायताको खण्डीकरण कायमै छ । यसले गर्दा ससाना आयोजना संख्या धेरै भई कार्यान्वयन, अनुगमन तथा प्रतिवेदन गर्न समय र लागत बढी लाग्ने गरेको छ । प्रदेश र स्थानीय तहमार्फत सहायताको बजेट परिचालन गर्ने संस्थागत क्षमता कमजोर छ भने ती तहमा वैदेशिक सहायता परिचालनसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाबमोजिम आवश्यक समन्वय कायम हुन सकेको छैन । अर्धवार्षिक समीक्षा प्रतिवेदनमा अर्थ मन्त्रालयले बजेटमा समावेश भएका बजेटरी सहायताका कार्यक्रमलाई निर्णयमा पुर्‍याउन पूरा गर्नुपर्ने नीतिगत सुधारलगायत पूर्वतयारीका कार्यमा सम्बद्ध निकायको समयबद्ध क्रियाशीलता र सहयोग आवश्यक पर्नेमा अपेक्षित रूपमा प्राप्त हुन नसक्दा स्रोत व्यवस्थापनमा कठिनाइ भएको बताएको छ । थप सहायताका लागि गृहकार्य चालू र आगामी आवमा विकास सहायता परिचालन गर्ने गरी अर्थ अन्त्रालयले विकास साझेदारहरूसँगको छलफल तीव्र बनाएको छ । यसअन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्ड कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट अमेरिकी डलर ३० करोड (करीब रू. ३९ अर्ब) र स्कूल सेक्टर ट्रान्सफर्मेशन प्रोजेक्टका लागि विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करीब रू. १३ अर्ब) सहुलियत ऋण प्राप्त गर्न अर्थले वार्ता गरिरहेको छ । यस्तै क्वालिटी हेल्थ सिस्टम प्राजेक्टका लागि विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करीब रू. १३ अर्ब) सहुलियत ऋण प्राप्त गर्न आयोजना दस्तावेज तयार गरेको छ । दोस्रो फिस्कल डीपीसी २ अन्तर्गत विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करीब रू. १३ अर्ब) बराबर बजेटरी सहायताको रूपमा सहुलियतपूर्ण ऋण प्राप्त गर्न गृहकार्य भइरहेको छ । फाइनान्स फर ग्रोथ–फोरजीअन्तर्गत विश्व बैंकबाट अमेरिकी डलर १० करोड (करीब रू. १३ अर्ब) बराबरको बजेटरी सहायताको रूपमा सहुलियतपूर्ण ऋण प्राप्त गर्ने गरी छलफल अघि बढाउँदै छ । यस्तै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना (६३५ मेगावाट) कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट अमेरिकी डलर ५८ करोड (करीब रू. ७५ अर्ब ४० करोड) सहुलियतपूर्ण ऋण प्रदान गर्ने आशय प्राप्त भएको छ । अन्य दाताबाट स्रोत जुटाउन समन्वय भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थका अनुसार माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना (१०६१ मेगावाट) को विकास र कार्यान्वयनका लागि विश्व बैंकबाट अमेरिकी डलर ५० करोड (करीब रू. ६५ अर्ब) सहुलियतपूर्ण ऋण लिन गृहकार्य तथा बाँकी रकम जुटाउन अन्य सम्भाव्य लगानीकर्तासँग समन्वय भइरहेको छ । ‘एसएएसईसी कस्टम र लजिस्टिक रिफर्म प्रोग्राम’ कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट अमेरिकी डलर ५ करोड (करीब रू. ६ अर्ब ५० करोड) सहुलियतपूर्ण ऋण प्राप्त हुने क्रममा छ । सार्वजनिक वित्तीय व्यवस्थापन र विकसित सेवा वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न एशियाली विकास बैंकबाट अमेरिकी डलर १० करोड (करिब रू. १३ अर्ब) सहुलियत ऋण प्राप्त गर्ने क्रममा पूर्वतयारीको केही काम गर्न बाँकी रहेको अर्थको भनाइ छ । त्यसैगरी स्थानीय पूर्वाधार सहयोग कार्यक्रम कार्यान्वयनका लागि बेलायत सरकारबाट अनुदानका रूपमा स्टर्लिङ पाउन्ड ९ करोड (करीब रू. १४ अर्ब ४० करोड) प्राप्त गर्न समझदारीपत्रको मस्यौदामा छलफल भइरहेको छ । विद्यालय शिक्षाक्षेत्र योजना कार्यान्वयनलगायत अन्य क्षेत्रका लागि यूरोपेली संघबाट बजेट सहायताका रूपमा ४ करोड यूरो अनुदान प्राप्त गर्ने सन्दर्भमा सम्बद्ध मन्त्रालयबाट राय प्रतिक्रिया प्राप्त भएको र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट राय प्रतिक्रिया प्राप्त हुने चरणमा रहेको अर्थको भनाइ छ । कृषि र ग्रामीण विकासका लागि योगदानमार्फत यूरोपेली संघबाट रू. १ करोड ५६ लाख अनुदान प्राप्त गर्ने क्रममा कृषि विकास रणनीतिको प्रगति विवरण माग भएकोमा त्यसअनुसारको विवरण पठाई निकासाका लागि संघलाई अनुरोध गरिएको छ । सहायता प्राप्त हुने प्रक्रियामा रहेको अर्थले जानकारी दिएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट अमेरिकी डलर ८ करोड ८ लाख (करीब रू. १ अर्ब १९ करोड) अतिरिक्त लगानीबापत सहुलियतपूर्ण ऋण प्राप्त गर्न द्विपक्षीय वार्ता भइरहेको छ ।

सम्बन्धित सामग्री

मुख्यमन्त्रीलाई भीड छिचोल्नै मुश्किल... तस्वीरहरू

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकरा जम्मकट्टेल बागमती प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन्।सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेल मंगलबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। हेटौंडा–१० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथग्रहण गरेका मुख्यमन्त्री जम्मकट्टेललाई बधाई दिन विभिन्न आएकाहरूको भीड छिचोल्नै मुश्किल पर्‍यो।जम्मकट्टेललाई बधाई दिन धादिङसहित काठमाडौंलगायतका जिल्लाहरूबाट आएकाहरूको भीड थियो। बिहान ९:३० बजे भएको शपथग्रहणमा सहभागी हुन उनको गृहज

माओवादी नबने बाबुरामलाई चुनाव मुश्किल

काठमाडौं, २६ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यसपटकको चुनाव मुश्किल बन्दै गएको छ । न त उनी सत्ता गठबन्धनमा अटाउने निश्चित छ न त गोरखाबाट समाजवादी पार्टी एक्लैबाट चुनाव लड्ने निश्चित छ । बाबुराम यतिबेला आफूलाई चुनावी तालमेलमा सहभागी गराई हिस्सा दिनुपर्ने भन्दै दौडधूपमा छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यही विषय राखे […]

चितवनमा विकास खर्च गर्नै मुश्किल, ११ महिनामा प्रदेशको ३२ प्रतिशत मात्रै खर्च

केन्द्रीय नेता धेरै भएको जिल्ला चितवनमा विकास खर्च गर्न मुश्किल पर्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व गृहमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठलगायत केन्द्रीय स्तरमा पहुँच भएका नेताहरूको गृह जिल्ला हो, चितवन।जिल्लामा हुने हरेक कार्यक्रममा भौतिक विका

बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर, चिन्न मुश्किल

बलिउड अभिनेत्री महिमा चौधरीलाई  स्तन क्यान्सर भएको छ । स्तन क्यान्सरका कारण गरिएको किमो थेरेपीले महिमाको कपाल झरेका छ र उनलाई लगभग चिन्न मुश्किल छ ।अनुपम खेरले महिमा चौधरीलाई भने हिरोबलिउडका दिग्गज अभिनेता अनुपम खेरले महिमा चौधरीलाई स्तन क्यान्सर भएको खबर साझा गरेका छन् । अनुपम खेरले महिमा चौधरीसँग आफ्नो एउटा भिडियो सेयर गरेका छन् जसमा उनले महिमा चौधरीको क्यान्सरको खबर साझा गरेका छन् । अनुपम खेरले महिमा चौधरीलाई हिरो बताएका छन् ।स्तन क्यान्सरपछि यस्तो भयो महिमाको लुककुनैबेला आफ्नो सुन्दर र

हेमा मालिनीले भनिन्, ‘जयन्त चौधरी हेमा मालिनी बन्न मुश्किल’

बिजेपी सांसद र अभिनेत्री हेमा मालिनीले राष्ट्रिय लोकदलका नेता जयन्त चौधरी हेमा मालिनी बन्न मुश्किल भएको बताएकी छिन् । भारतीय समाचार एजेन्सी एनडीटीभीसँगको कुराकानीमा उनले भनिन्, ‘उनी हेमा मालिनी कसरी बन्न सक्छन् ? हेमा मालिनी बन्न मुश्किल छ । ’उनले भनिन्, ‘हेमा मालिनी बन्नका लागि मैले कडा मिहिनेत गरेकी छु । तपाईंलाई के लाग्छ, जयन्त चौधरी हेमा मालिनी बन्न सक्छन् ? उनले सही भनेका छन् कि उनी हेमा मालिनी बन्न सक्दैनन् ।’"Becoming Hema Malini is tough, I assure you!&

उद्यम गर्न सामुदायिक वनलाई ऋण लिनै मुश्किल

सामुदायिक वनमा वनजन्य उद्यम संचालन गर्न लगानीको अभाव भएको भन्दै सामुदायिक वनलाई उद्यम संचालनका लागि ऋण प्राप्त गर्न मुश्किल भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले बताएको छ ।सामुदायिक वनको जग्गा उपभोक्ता समूहको स्वामित्वमा नभएपछि धितो राख्न नसक्दा समुदायिक वनलाई कुनै पनि बैंकबाट ऋण प्राप्त गर्न चुनौती देखिएको हो । फेकोफनले सामुदायिक वनमा वनजन्य उद्यम संचालन […]

देउवासामु दुई महिनामै थेग्न मुश्किल चुनौती

काठमाडौं, २९ भाद्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना बित्दा पनि मन्त्रिमण्डले पूर्णता पाएको छैन । ४ मन्त्री र एक राज्यमन्त्रीलाई साथमा लिएर देउवाले सरकार सञ्चालन गरिरहेका छन् । सरकार बनेको दिनदेखि मन्त्रिमण्डल विस्तार हुने चर्चा चलेपनि अझै हुन सकेको छैन । बरु सरकार एकपछि अर्को चुनौतीको पहाड बोक्न पुगेको छ […]

दुई महिनापछि गोरखामा चले सार्वजनिक यातायात, तर यात्रु पाउनै मुश्किल

२० असार, गोरखा । दुई महिनापछि जिल्लामा सार्वजनिक यातायात सञ्‍चालनमा आएको छ । सवारी सञ्चालनमा आएपनि यात्रु पाउन भने मुश्किल देखियो । पाँच÷सात जना भन्दा बढी यात्रु नभएको चालकहरु बताउँछन् । पाँच जना यात्रु बोकेर आइतवार बिहान नाम्जुङ्ग बतासेबाट गोरखा सदरमुकाम आएको सवारी चालक सुरेन्द्र श्रेष्ठ बताउछन् । ‘अहिले फर्कन लाग्दै छु, वतासे जाने जम्मा […]

बार्सिलोनाको मेसी र अग्युइरोको जोडीलाई रोक्न मुश्किल : स्याम्युएल इटो

एजेन्सी। क्यामरुन तथा बार्सिलोनाका पूर्व खेलाडी स्याम्युएल इटोेले बार्सिलोनाको आउँदो सिजनको अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र सर्जियो अग्युइरोको जोडीलाई रोक्न मुश्किल रहेको बताएका छन्। ‘हामी अब प्रत्येक सिजन ६० गोल देख्नेछौं। म मात्र भगवानले उनीहरुलाई इन्जुरीबाट जोगाउने छन् भन्ने आशा गर्दछु’,अर्जेन्टिनी जोडीबारे इटोले भने। इटोले मेसी भनेको नै बार्सिलोना भएकाले आफूले उनले अन्य कुनै क्लबको जर्सी लगाएर खेल्ने नदेखेकोसमेत बताए।

बार्सिलोनाको मेसी र अग्युइरोको जोडीलाई रोक्न मुश्किल : स्याम्युएल इटो

एजेन्सी। क्यामरुन तथा बार्सिलोनाका पूर्व खेलाडी स्याम्युएल इटोेले बार्सिलोनाको आउँदो सिजनको अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र सर्जियो अग्युइरोको जोडीलाई रोक्न मुश्किल रहेको बताएका छन्। ‘हामी अब प्रत्येक सिजन ६० गोल देख्नेछौं। म मात्र भगवानले उनीहरुलाई इन्जुरीबाट जोगाउने छन् भन्ने आशा गर्दछु’,अर्जेन्टिनी जोडीबारे इटोले भने। इटोले मेसी भनेको नै बार्सिलोना भएकाले आफूले उनले अन्य कुनै क्लबको जर्सी लगाएर खेल्ने नदेखेकोसमेत बताए।