सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ता : केही दिनमै नतिजा निस्कने दावी

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको पहलमा गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानुनसम्मत नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटनामा पक्राउ परेका…

सम्बन्धित सामग्री

विप्लवको जनकारबाहीप्रति सरकारको आपत्ति

काठमाडौं, फागुन १ । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच यसअघि भएको सम्झौता कार्यान्वयनबारे शनिबार वार्ता भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रम देउवा र नेत्रविक्रम चन्द विप्लवबीच भेटमा सहमति पूर्ण रूपमा कार्यान्वयन गर्ने बारे सहमति भएको थियो । त्यसैक्रममा शनिबार वार्ता भएको हो । गृह मन्त्रालयमा […]

विप्लवले जनकारबाही जारी राखेकोमा सरकारको आपत्ति

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच यसअघि भएको सम्झौता कार्यान्वयनबारे शनिबार वार्ता भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रम देउवा र नेत्रविक्रम चन्द विप्लवबीच भेटमा सहमति पूर्ण रूपमा कार्यान्वयन गर्ने बारे सहमति भएको थियो । त्यसैक्रममा शनिबार वार्ता भएको हो ।गृह मन्त्रालयमा भएको वार्तामा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे

सरकार र विप्लवबीच वार्ता

सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच शनिवार वार्ता भएको छ। नेकपासँग यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो।

सरकार र नेकपाबीच वार्ता : सहमति कार्यान्वयनको ‘टाइमलाइन’ बनाइयो

काठमाडौं । सरकार पक्ष र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताबीच छलफल भएको छ । यसअघि भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो । शनिबार गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे...

वार्ता र सहमतिको कुइनेटो

अचानकझैं लाग्ने गरी नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच वार्ता भई तीनबुँदे सहमति भएको छ । यससँगै थुप्रै प्रश्न पनि सतहमा तैरिन पुगेका छन् । विगत दुई दशकमा भएका थुप्रै वार्ता र सहमति देखिसकेको नेपाली समाजमा प्रश्नहरू उठ्नु स्वाभाविक छ ।

राष्ट्रिय सभागृहमा सार्वजनिक हुनुअघि वार्ता टोलीका सदस्यसँग छलफलमा विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले राष्ट्रिय सभागृहमा सार्वजनिक हुनुअघि आफ्ना पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।  सरकारसँग पार्टीका तर्फबाट वार्ताका लागि गठित समितिका शीर्ष नेताहरूसँग विप्लवले काठमाडौंमा भेटेका हुन् ।  उनले आजै मात्र रिहा भएका पार्टीका नेता धर्मेन्द्र बास्तोला लगायतको टोलीसँग भेटेका हुन् ।  सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिक गर्न २ बजे राष्...

सुखद परिणामको अपेक्षा (सम्पादकीय)

सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहको वार्ता टोलीबीच बुधबार वार्ता भएको छ । सरकारी वार्ता टोलीका अनुसार वार्ता सकारात्मक दिशा उन्मुख छ । सरकारले मङ्गलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईसमेतको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै पार्टी नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । यसअघि सो समूहले सरकारसँग वार्ता गर्न तयार रहेको विज्ञप्तिमार्फत जानकारी गराएको थियो । विप्लव समूहले उठाएका कतिपय माग वार्ताका माध्यमबाट पूरा गर्न सकिनेछ भने कतिपय मागका सम्बन्धमा वार्ताको टेबलमा ‘गिभ एन्ड टेक’ बनाउन सकिनेछ

धर्मेन्द्र बास्तोलालाई रिहाइ गर्न २३ दलको माग

काठमाडौँ । नेकपा (मसाल) सहितका २३ राजनैतिक दल तथा सङ्घसंस्थाहरूले विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई तत्काल रिहाइ गर्न माग गरेका छन् । उनीहरूले गिरफ्तार नेता–कार्यकर्तालाई रिहाइ गर्दै वार्ताको पहल गर्न मागसमेत गरेका हुन् । २३ दलको तर्फबाट सी.पी. गजुरेलको हस्ताक्षरमा २०७७ माघ २ गते प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरिएको हो । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “हामीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न र उक्त पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्दै र केपी ओली सरकारलाई सुझाव दिँदै आएका छौँ । यदाकदा सरकारले वार्ताको प्रचार पनि गर्ने गरेको छ । तर, यही पुस २९ गते अपराह्न त्यस पार्टीका केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायतका चार जना नेतालाई गिरफ्तार गरिनुले सरकार दमनतिरै अग्रसर भएको देखिन्छ । हामी २३ राजनीतिक सङ्गठनको तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाइ गरी वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछौँ ।” २३ राजनीतिक दल तथा सङ्घसंस्थाको कार्यगत एकतामा सम्मिलित सङ्गठनहरू यस प्रकार रहेका छन्– १. नेकपा (मसाल), २.नेकपा (क्रान्तिकारी–माओवादी), ३.नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी–केन्द्र), ८. नेकपा (माओवादी–केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च, १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद नेपाल, १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्सेभिक), १५. राष्ट्रवादी केन्द्र नेपाल १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. नेकपा (माओवादी), २३. समाजवादी राष्ट्रिय मञ्च नेपाल ।