गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र पुरस्कृत हुनुभएको छ। उहाँले ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’ पाउनुभएको हो। नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले शुक्रबार गरुडामा आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मिश्रलाई पुरस्कारबापत नगद २५ हजार रुपियाँ तथा सम्मानपत्र प्रदान गर्नुभयो।