सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

कञ्चनपुर । सिमसार क्षेत्रमा पाइने सारस चराको संख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा वासस्थान विनाश मुख्य कारण हो । ‘सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ,’ नेपाल पक्षी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराले भने, ‘सिमसार घट्न थालेपछि आहारको कमी भएको छ । शिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई समस्या भएको छ ।’ यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उनको भनाइ छ । भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्काे सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन् । स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को संख्यामा देखिन्थे । अण्डा र मासुलाई यसको शिकार हुन्छ । दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्काे घाइते फेला पारे । वर्षात्मा सारस स्थानीय किसानका खेतबारीमा आउँदा शिकार बढी हुन्छ । सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुँदैन संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पक्षीको सूचीमा राखेको छ । साइटिसले अनुसूची २ र आईयूसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ । सारसले किसानले धानबाली लगाइसकेपछि अर्थात् जुन, जुलाई महिनामा ओथारो बस्ने (बच्चा कोरल्ने) गर्दछ ।  रासस

सम्बन्धित सामग्री

उदयपुरका सिमसार क्षेत्रका हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्ला लोप हुँदै

उदयपुर : उदयपुरको भित्री मधेसको चुरे वन क्षेत्रका नदी किनारका सिमसार क्षेत्र हराउँदै गएका छन्। सिमसार क्षेत्र लोप हुँदै गएपछि त्रियुगा नदी किनारमा पाइने हाँस, सिम कुखुरा, सारस, सेतो बकुल्लासमेत लोप हुँदै गएका छन्।  जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदीबाट सप्तकोशीसम्मका सिमसार क्षेत्रमा अहिले खेती गर्न थालि...