प्रचण्ड-नेपाल समूहको आमहड्ताल : दिनभर राजधानीको सडकमा जे देखियो [फोटोफिचर]

प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण बिहीवार देशभरको जनजीवन प्रभावित रह्यो । एकाबिहानै गोंगबुमा ट्याक्सीमा आगजनी भयो भने कलंकीबाट नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य लगायत नेताहरू पक्राउ परे । बन्द सफल बनाउन नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल स्वयं सडकमा निस्किएका थिए । सरकारले बुधवार संसदीय सुनुवाइविनै संवैधानिक निकायका ...