संसद बैठकअघि कार्यव्यवस्था परामर्श बैठक सुरु

प्रतिनिधिसभा बैठकको पूर्व सन्ध्यामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हो ।  प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न बैठक डाकिए पनि प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो अडानबाट पछि हटेको छैन । एमालेले आफ्नो दलले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी रहुञ्जेल बैठक चल्न नदिने बताउँदै आएको छ ।