धनकुटामा डेढ करोड लागतमा बन्‍ने मन्दिरको शिलान्यास

धनकुटाको महालक्ष्मी नगरपालिका–६ गुठमा एउटा मन्दिर निर्माणका लागि डेढ करोड रुपैयाँभन्दा बढी खर्चिने भएको छ । मन्दिर निर्माणका लागि नागेश्वर दुग्धनाथ मन्दिरको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले शुक्रबार शिलान्यास गरेका छन् । कुल १ करोड ५६ लाख ८६ हजारको लागतमा मन्दिर निर्माण गरिने नगरप्रमुख नेपालले बताए ।