प्रतिनिधिसभामा २ र प्रदेशसभाका लागि ३ साना दलले बुझाए बन्दसूची

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने पहिलो दिन आज निर्वाचन आयोग दलहरूलाई कुरेको कुरै भएको छ।दलहरूलाई भने सांसद बन्ने आकांक्षी बढी भएपछि उम्मेदवारको टुङ्गो लगाउन सकस परेको छ। केही साना दलले भने आजै आयोगको कार्यालय पुगेर बन्दसूची बुझाएका छन्।आइतबार प्रतिनिधिसभामा २ साना दल र प्रदेशसभा सदस्यअन्तर्गत ३ दलले बन्दसूची बुझाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभ