समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि....

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल गर्दै इरानी फुटबलर अली देईको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो सफल भएका छन् । यस खेलमा उनले दुबै गोल पेनाल्टीमार्फत गरेका थिए । दोस्रो पेनाल्टीमार्फत खेललाई २–२ गोलको बराबरीमा ल्याएपछि रोनाल्डोको खुसीको सीमा थिएन । तर, खुसीयाली मनाइरहेका रोनाल्डोमाथि अचानक एक समर्थकले कोकको बोतल प्रहार गरे । उक्त खेल बराबरी भएसँगै ४ अ