राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गरे मतदान

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले  मतदान गरेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका क्रममा रविले काठमाडौं क्षेत्र नम्बर ३ स्थित चावहिल महाकाल मतदान केन्द्रबाट मतदान गरेका हुन्। रवि चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन्। 

सम्बन्धित सामग्री

हामी मुलुकमा परिवर्तन गर्न हिँडेका हौँः रवि लामिछाने

गोरखा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्।गोरखा सदरमुकाममा आज आयोजित कार्यक्रममा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए। ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ,’ सभापति लामिछानेले भने। नेपाली जनताले रास्वपालाई आशा र भरोसाको […]

हामीले पाएको मत निराशाको होइन, आशाको हो : रवि लामिछाने

२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए । कतिपयले यसलाई निराशाको मत भन्ने गरेको भन्दै उनले अघि भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले […]

सरकारमा जाने नजाने छलफलमै छौं : रवि लामिछाने

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन् । निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए । उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने […]

रवि लामिछाने भन्छन्– पार्टीमा विवाद आएर गज्जब भयो

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवादलाई गज्जब भएको प्रतिक्रिया दिएका छन्। बिहिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बढी मत आएकालाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको बताएका हुन्। लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने,‘मैले […]

रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ। रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले बताए ।

स्वतन्त्रहरूसँग  सम्पर्क बढाउँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणासँगै सभापति रवि लामिछानेले संवाद पनि बढाएका छन् । सभापति लामिछानेले यसअघिका निर्वाचन तथा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका र विजयी भएकासँग सम्पर्कलार्ई निरन्तरता दिएका...

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने घोषणा गरेका छन् ।आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर केही दिन अघिमात्रै सञ्चार कर्म छाडेका उनले मंगलबार दल घोषणा गरेका हुन् । दल घोषणासभालाई सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलहरुबाट आशा मरिसकेकाले नयाँ दल घोषणा गर्नुपरेको […]

यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

काठमाडौँ- सञ्चार कर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ ।  बसुन्धाराबाट पार्टीको कार्यालय शुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन् । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन् । यो […]

यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

काठमाडौं । सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन् । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन् । यो […] The post यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक.

रवि लामिछाने भाषण गरिरहे, समर्थकले हुटिङ गरिरहे (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभइ देशभित्र रहेका बेथितिलाई हटाउन राजनीतिमा आएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू इमान्दारीताका साथ जनताको पक्षमा लागिपर्ने बताए ।उनले अब जसको भिजन उसैको सरकार हुने भन्दै उमेर पुगेपछि सत्ता नभइ वृद्ध भत्ता पाइने भएकाले युवापुस्ता राजनीतिमा आउनुपर्ने बताए । उनले भाषण गरिरहँदा समर्थकले उनको पक्षमा चर्को हुटिङ गरेका थिए । उनीहरुले रवि दाइ हाइहाइ, रवि लामिछाने जिन्दावा