खुम्बुमा एक वर्षमा १ हजार टनभन्दा बढी सामग्री कार्गो ढुवानी

सोलुखुम्बु - सोलुखुम्बुको लुक्लामा एक वर्षभित्र कार्गो ढुवानीमार्फत १ हजार ३ सय टन खाद्यान्न तथा निर्माण सामग्री भित्रिएको छ । सन् २०२१ मा फाप्लु र काठमाण्डौबाट १३ लाख किलो सामग्री कार्गोमार्फत लुक्ला ढुवानी भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । ढुवानी गरिएको सामग्रीहरुमा तरकारी, चामल, दाल लगायतका खाद्यान्नसहित निर्माण सामग्रीहरु जस्ता, सिमेन्ट, काठ लगायत रहेको प्राधिकरणका कर्मचारी विक्रम सिंह बस्नेतले जानकारी दिनुभयो ।  सन् २०२० मा १३ लाख ६५ हजार ९ सय १५ किलो सामग्री खुम्बु ढुवानी भएको प्राधिकरणक...