तारागाउँ रिजेन्सी होटल्सले बढायो शत प्रतिशतभन्दा बढी नाफा

काठमाडौं । गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ३८ करोड २६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म १९ करोड ५ लाख रुपैयाँभन्दा  बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष भने करीब १०१ प्रतिशत खुद नाफा बढाएको हो । गत वर्ष होटल्सको सञ्चालन आम्दानी ९९ दशमलव ७१ प्रतिशत बढी भएको छ भने कुल आम्दानी करीब ८५ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ६९ करोड २६ लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको होटल्सले गत वर्ष भने १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । कुल आम्दानी भने अघिल्लो वर्ष ८४ करोड ८८ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी भएको छ । हाल होटल्सको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने साढे ५१ प्रतिशतले बढेर ६५ करोड ७७ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ २८ पैसा रहेको होटल्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्