चितवनका सबै स्थानीय तहमा मतदान सकियो, मतगणना आजै रातिदेखि

चितवनका सात वटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सकिएको छ । मतदान सकिएर मतपेटिका सम्बन्धित पालिकामा ल्याउने काम थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा मतपेटिका संकलन भएपछि शुक्रबारै रातिदेखि मतगणना सुरु हुनेछ ।