एमसीसीको विरोध गर्न पुगेका पाँच दर्जन बढी नेता कार्यकर्ताहरु पक्राउ

काठमाडौं : निषेधित क्षेत्र तोड्दै संसद् भवन अगाडि विरोधका लागि पुगेका एमसीसी विरोधी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा केही प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीसँगको झडपमा घाइते भएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम सुरेश श्रेष्ठ र निरन तुलाधरलाई वीर अस्पतालमा लगिएको छ। प्रहरीले पीवीएम दिनेश शर्मा सागर, फुर्नाम्गेल मोक्तान, अखिल…

सम्बन्धित सामग्री

एमसीसीको विरोध गर्ने रावलसँग रिसाए प्रधानमन्त्री देउवा

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको अहितमा रहेको बताउँदै आएका पूर्व मन्त्री एवं एमाले नेता भीम रावलप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा जवाफ दिनपर्ने भो भन्दै पूर्व मन्त्री रावलप्रति आक्रोश पोखेका हुन्।

एमसीसीको विरोध गर्ने रावलसँग रिसाए प्रधानमन्त्री देउवा

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको अहितमा रहेको बताउँदै आएका पूर्व मन्त्री एवं एमाले नेता भीम रावलप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा जवाफ दिनपर्ने भो भन्दै पूर्व मन्त्री रावलप्रति आक्रोश पोखेका हुन्।

एमसीसी छल्दै अर्थमन्त्री

काठमाडौं । मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई छल्ने क्रम जारी राखेका छन् ।  गत आइतवार एमसीसी सम्झौता संसद्मा पेश गर्ने बेला बिरामी भएको कारण देखाएका शर्मा बिहीवार संसद् बैठक छल्न पर्वत पुगे । सोही दिन एमसीसीबारे छलफल गर्न संसद् बैठक बोलाइएको थियो । तर, पछि दलहरूबीच कुरा नमिल्दा बैठक स्थिगित गरियो । एमसीसी सम्झौता संसद्मा पेश गर्ने दिन अर्थमन्त्री शर्मा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौतालाई छलफलका लागि संसद्मा पेश गरेका थिए । अर्थ मन्त्रालयमातहत रहेको एमसीसी परियोजनामा सहमति जुटाएर संसद्बाट निकास खोज्ने बेलामा मन्त्री शर्मा गैरजिम्मेवार तरिकाले उपत्यकाबाहिर ‘घुमफिर’ मा गएको भन्दै आलोचना भइरहेको छ । संसद् सचिवालयले सम्भावित कार्यसूची प्रकाशन गरेकै दिन बुधवार साँझ पर्वत पुगेका शर्मा पत्नी लक्ष्मीसहित कुश्मामा सञ्चालित बन्जी जम्प हेरेर ‘स्काई चियर’ मा खाजा खाएको तस्बिर सार्वजनिक भएको छ ।  संसद्मा एमसीसीबारे छलफल हुने भएपछि अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्र र गठबन्धन सरकारको अर्को साझेदार एकीकृत समाजवादी सदनदेखि सडकसम्म विपक्षमा छ । ती पार्टीका केही सांसदले टेबल गर्दाकै दिन संसद्मा एमसीसीको विरोध गरेका थिए । अहिले पनि सत्तारूढ माओवादी केन्द्र र एकृकीत समाजवादी पार्टीका कार्यकर्ता दिनँहुजसो सडकमा ढुंगामुडा गर्नमै व्यस्त छन् । एमालेलाई साथमा लिने देउवाको प्रयास एमसीसी पास गर्नेबारे सत्तारूढ दलभित्र सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन भंग गरेरै भए पनि एमालेलाई फकाउन लाग्नुभएको छ । बिहीवार संसद् बैठक स्थगन गरेर एमसीसी पास गराउनकै लागि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका क्रममा एमालेले हाल संसद्मा उठाएका सबै मागप्रति उदार भएर छलफल गरी निकास खोज्न आफू तयार रहेको बताएको देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् । महामन्त्री थापाका अनुसार एमसीसीमा सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी, जनमोर्चाले साथ नदिने हो भने गठबन्धन यही बिन्दुबाटै समाप्त हुने संकेत ओलीसँगको भेटमा देउवाले गर्नुभएको थियो । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सदनको अवरोध खुलाएर एमसीसी पास गर्न एमालेसँग आग्रह गर्नुभयो । अहिले आफ्ना लागि सत्ता जोगाउने अंक गणितसँग कुनै सरोकार नभएको समेत छलफलमा बताउँदै एमसीसी संसद्बाट पारित गराउने विषय नेपालको अन्तरराष्ट्रिय सम्बन्ध र विश्वसनीयताको कुरा भएकोमा देउवाको जोड रहेको थापाले जानकारी दिए । जवाफमा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर एमसीसीमा सरकारलाई सहयोग गर्ने वा नगर्नेबारे जानकारी दिने बताएका थिए । एमाले अध्यक्ष ओलीसँग भेट गर्नुअघि देउवाले बिहीवार माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग निर्णायक वार्ता गर्नुभएको थियो । तर, दुवै पार्टीका अध्यक्षले एमसीसी पास गर्न अहिलेकै अवस्थामा आफूहरूले साथ दिन नसक्ने स्पष्ट पारेका थिए । संकट चुलिँदा चीनको चासो अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर नेपालमा राजनीतिक संकट चुलिँदै गर्दा उत्तरी छिमेकी चीनले चासो बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका दुई शीर्ष नेताले बुधवार अलगअलग भर्चुअल वार्ता गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन हुन ढिला हुनुमा चीनको स्वार्थ रहेको अमेरिकाले आरोप लगाएका बेला यो संवाद भएको हो । वार्तामा चीनले गम्भीर सुरक्षा चिन्ता व्यक्त गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री चेन चाओले नेता नेपालसँगको कुराकानीका क्रममा एमसीसीका कारण नेपाली भूमिबाट चीनमाथि गम्भीर सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता व्यक्त गरेको स्रोतले बतायो । ‘नेपाललाई हामीले निकट र घनिष्ठ मित्रका रूपमा रही त्यहीअनुसार अहिलेसम्म व्यवहार गर्दै आएका छौं,’ भर्चुअल बैठकमा ती नेताको भनाइ उद्धृत गर्दै नेपालनिकट नेताले भन्यो, ‘तर, अब नेपाली भूमिबाट हामीमाथि सुरक्षा चुनौती बढ्ने कुराले चिन्ता बढाएको छ । यसबारेमा तपाईंहरूले गम्भीरतापूर्वक सोच्नु आवश्यक भएको छ ।’

एमसीसीको विरोधमा प्रदर्शन (१५ तस्बिर)

एमसीसीको विरोध गर्न हजारौँको सङ्ख्यामा प्रदर्शनकारी बानेश्वरमा पुगेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो ।

एमसीसीको विरोधमा प्रदर्शन (१५ तस्बिर)

एमसीसीको विरोध गर्न हजारौँको सङ्ख्यामा प्रदर्शनकारी बानेश्वरमा पुगेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो ।

एमसीसीको विरोधमा प्रदर्शन (१५ तस्बिर)

एमसीसीको विरोध गर्न हजारौँको सङ्ख्यामा प्रदर्शनकारी बानेश्वरमा पुगेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो ।

एमसीसीको विरोध गर्दै गठबन्धनका नेता श्रेष्ठ सडकमा

सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् ।

एमसीसीको विरोध गर्ने युवाहरु पक्राउ

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विरोध गर्ने युवाहरु पक्राउ परेका छन्। एमसीसी विरुद्द त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडी प्रदर्शन गर्न पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ता लगायतले एमसीसीका विरूद्ध नाराबाजी गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए । उनीहरुले  ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज आउने भएपछि एमसीसी विरुद्द प्रदर्शन भएको हो। नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ ।

एमसीसीको विरोध गर्दै विमानस्थल बाहिर पुगेका प्रदर्शनकारी पक्राउ

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर युवाहरुले प्रदर्शन गरेका छन्। एमसीसीका अधिकारीहरु नेपाल आउने भनिएपछि एमसीसीको विरोधमा दिनहुँजसो विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन्। सरकारले भने परियोजनाको विरोध नगर्न सचेत गराइसकेको छ। विमानस्थल बाहिर प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो महाराजगञ्जस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्तेलगायतका चर्क