रातोपाटी ब्रिफिङ : एमसीसीबारे कसले बोल्यो झूट,  प्रधानसेनापति भारत जाँदै

आज २०७८ कार्तिक २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–१. न्यायाधीशहरु प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्नेप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा नहेर्ने निष्कर्ष निकालेका छन् ।  सोमबार प्रधानन्यायाधीश जबराले आफू समेतको इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका थिए ।