अघिल्लो त्रैमासको भन्दा दोब्बरले बढ्यो घरजग्गा लिलामी, दैनिक ४ हजार सीसी लिलामीका विज्ञापन

काठमाडौं । अर्थतन्त्रमा आएको मन्दीका कारण हजारौ व्यवसायी डुबेका छन् । सयौंको संख्यामा सम्पर्कबिहिन छन् । कतिपय व्यवसायीले आत्महत्या गरेका घटना पनि सार्वजनिक भइरहेका छन् । व्यवसाय (Business) सञ्चालनका लागि लिएको ऋणको सावाँ र ब्याज (Intrest) समयमै तिर्न नसक्दा बैंक तथा वित्तीय संस्था (financial institution) ले हजारौं व्यक्तिको धितो वापत लिएका घरजग्गा (house and land) लिलाम गरिसकेका छन् । घरजग्गा (Realestate) क्षेत्रमा आएको मन्दीका कारण अहिले जग्गा बेचेर ऋण तिर्न सक्ने अवस्थामा ऋणीहरू छैनन् । यस्तो अवस्थामा बैंकले धितोमा राखेको सम्पत्ती आधा मूल्यमै खाइरहेको व्यवसायीको गुनासो छ । धमाधम घरजग्गा लिलाम  गर्न थालेपछि धितोको मूल्याङ्कनले खामेसम्म घरजग्गा लिलाम गर्न नपाउने नियम ल्याउनुपर्ने पीडितहरूले आवाज उठाउँदै आएका छन् । गत असोजदेखि पुस १५ सम्मको साढे तीन महीनामा २ लाख ५० हजार सीसी लिलामी (Auction) का सूचना प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थाले पछिल्लो अढाई महीनामै त्योभन्दा करीब ३० प्रतिशत बढी लिलामीका सूचना प्रकाशित गरिसकेका छन् । अघिल्लो त्रैमासको तथ्याङ्कले दैनिक २ हजार ४०० सीसी हाराहारी लिलामसँग सम्बन्धीत सूचना प्रकाशित भएको देखिन्छ । यो त्रैमासमा भने लिलामीको ग्राफ झन्डै दोब्बरले बढेको छ । अर्थात अहिले दैनिक ४ हजार सीसी भन्दा बढी लिलामीसँग सम्बन्धित सूचना प्रकाशित भइरहेको ‘माइन्डस नेपाल’को तथ्याङ्कले देखाउँछ । माघ, फागुन र चैत १९ गतेसम्मको तथ्याङ्कमा बैंक तथा वित्तीय संस्थाले धितो लिलामीका लागि निकालेको सूचनाको हिस्सा ३ लाख  २० हजार सीसी भन्दा धेरै छ । यो काठमाडौंबाट प्रकाशित हुने १६ ओटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित घरजग्गा लिलामीसँग सम्बन्धित विज्ञापनको तथ्याङ्क हो । यो तथ्याङ्क अनुसार पछिल्लो समय दैनिक ४ हजार ५० सीसी भन्दा बढी लिलामीसँग सम्बन्धित सूचना प्रकाशित भएका छन् । १० पेजको राष्ट्रिय  दैनिक पत्रिकाको सबै पाना लिलामीका सूचनाले भर्दा ४ हजार सीसी बराबर हुन्छ । ३ लाख २० हजार सीसी लिलामीका सूचना १० पेजको एउटै पत्रिकामा (एउटा पनि समाचार नराखेर) छापेको भए लगातार ३ महीनासम्म छाप्न पुग्थ्यो । माघको भन्दा फागुनमा ५० प्रतिशतले बढी माघमा १ लाख ६ हजार सीसी लिलामीका सूचना निकालेका वित्तीय संस्थाले फागुनमा १ लाख ५५ हजार सीसी लिलामीका सूचना निकालेका छन् । जुन माघको तुलनामा करीब ५० प्रतिशत नै बढी हो । चैतको १९ दिनमा मात्रै पनि ६० हजार सीसी लिलामीका सूचना प्रकाशित भइसकेका छन् । चैतको महीना बैंकको सावाँ ब्याजको किस्ता तिर्ने महीना पनि हो । यो समयमा बैंकको ऋण तिर्न नसक्नेहरूको लिलामीको सूचना आगामी बैशाख र जेठमा प्रकाशित हुने छ ।   अहिले लिलामीको संख्या मासिक १ हजारदेखि १ हजार ५०० सम्म पुगिसकेको छ । जबकी असोज, कात्तिक र मंसिरमा यो संख्या मासिक ४०० पनि पुगेको थिएन । साढे ३ महीनामा जम्मा १ हजार घरजग्गा लिलामी सम्बन्धी सूचना प्रकाशित भएका थिए । तर अहिले माघमा मात्रै १ हजार भन्दा बढी लिलामीका सूचना प्रकाशित भएका थिए । फागुनमा १ हजार ५०० र चैत १९ सम्म  ६०० गरी ३ हजार २०० लिलामी सम्बन्धी सूचना प्रकाशित भइसकेका छन् । यो तथ्याङ्कले नै लिलामीको रफ्तार कति बढीरहेको छ भन्ने स्पष्ट देखाउँछ । ६० प्रतिशत हिस्सा वाणिज्य बैंकको ३ लाख २० हजार सीसी लिलामी सम्बन्धी सूचना प्रकाशित गर्दा सबैभन्दा धेरै वाणिज्य बैंकहरूले २ लाख  सीसी सूचना प्रकाशित  गरेेका छन् । वाणिज्य बैंकपछि विकास बैंकले करीब ५२ हजार सीसी र सहकारीले ३८ हजार सीसी सूचना प्रकाशित  गरेका छन् । घरजग्गाको अन्तिम लिलामी सूचना नै १ हजार ५०० हाराहारी छन् । माघमा ४०० भन्दा बढी, फागुनमा साढे ७०० र चैत १९ सम्म साढे ३०० भन्दा बढी गरी करीब १ हजार ५०० को संख्यामा घरजग्गा लिलाम नै गर्ने अन्तिम सूचना प्रकाशित  भएका छन् । यो विज्ञापनको हिस्सा १ लाख ७२ हजार सीसी भन्दा बढी छ । बाँकी विज्ञापन ऋण चुक्ता गर्न आउने ३५ दिने सूचनाका हुन् ।  यो पनि हेर्नुहोस-घरजग्गा लिलामी गर्नेमा वाणिज्य बैंक अगाडि, साढे ३ महीनामा छापिए ६२४ लिलामीमा सूचना                    कात्तिकपछि घरजग्गा लिलामीमा बाढी, साढे ३ महीनामा २ लाख ५० हजार सीसी लिलामीका सूचना

सम्बन्धित सामग्री

कात्तिकपछि हजारौं घरजग्गा लिलामी

काठमाडौं, पुस १८ । नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लिलामी गर्न थालेका हुन् । पछिल्लो साढे तीन महीनाको तथ्याङ्क हेर्दा १ हजारभन्दा बढी घरजग्गा लिलामीका सूचना प्रकाशित भएका छन्, जसको हिस्सा १ […]

सनराइज बैंकको ठगी धन्दा: ऋण फछ्र्यौट भइसक्दा पनि खाताबाट साढे ४ लाख झ्वाम

विद्यानन्द राम, राजविराज ।  बैंकबाट सर्वसाधारण ठगिएका घटना नौला होइनन् । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट व्यापार व्यवसाय सञ्चालन गर्न ऋण लिएका हुन्छन् । बैंकको सर्तअनुसार कारोबार नभएको अवस्थामा पनि ‘किस्ता’ तिर्नुपर्ने बाध्यता हुन्छ । किस्ता नतिर्दा घरजग्गा लिलामी हुने पीर । तर, किस्ता तिरेर ऋण फछ्र्यौट गर्दा (फुकुवा पत्र पाइसक्दा) पनि सनराइज बैंक शाखा […]