विस्तारै चुनावी माहोल बन्छ : रिजाल

काठमाडौं। नेकपा एमालेको विदेश विभागका उपप्रमुख विष्णु रिजालले देशमा विस्तारै चुनावी माहोल बन्ने बताएका छन्। रिजाल भन्छन्, ‘चुनाव आजको दिनको उत्तम र लोकप्रिय विकल्प होइन्। केही दिन अदालतको चक्कर चल्छ, चुनाव भए फाइदा हुने हिसाब निकालेर पर्खेको कांग्रेस विस्तारै ‘कुल’ हुन्छ। अक्सिजन आपूर्ति बढिरहेको छ, खोप भित्रिन्छ। महामारीका बेला अस्वाभाविक लागे पनि द्रूत गतिमा काम गर्दा विस्तारै चुनावी माहौल बन्छ।’