स्विट्जरल्यान्डले दिएकाे काेराेनाविरुद्धकाे १ लाख ४४ हजार डाेज खाेप हस्तान्तरण

काठमाण्डाै – नेपाललाई स्विट्जरल्यान्ड सरकारले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएकाे छ । स्विट्जरल्यान्डले नेपाललाई एक लाख ४४ हजार डाेज काेराेनाविरुद्धकाे एस्ट्राजेनेका खाेप उपलब्ध उपलब्ध गराएकाे हाे ।  आज बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापलरले खोप हस्तान्तरण गर्नुभएको हो । स्विट्जरल्यान्डले नेपाललाई काेराेनाविरुद्धकाे खाेपसहित पीसीआर परीक्षण ...