रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको अमेरिकाको आरोप

रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोला बारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, 'हामीसँग रुसले उत्तर कोरियासँग गोला बारुदको अनुरोध गरेको संकेत छ ।' रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ । रुसविरुद्धको हमला सशक