साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी नागरिक

दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अङ्ग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताउनुभयो । “ बालबालिकाको अङ्ग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”, उहाँले भन्नुभयो, “उहाँहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।” …