यसपालि छोटो अवधिमा धेरै वर्षा : विपद्का घटना अझै बढ्ने जोखिम

काठमाण्डौ – यसपालिको बर्षामा लगातार छोटो अवधिमा धेरै पानी परेको मौसमविद्ले बताएका छन्। यसपालि अहिलेसम्म लगातारको झरी वा लामो समयसम्म पानी नपरी छोटो समयमा आरीघोप्टे वर्षा भइरहेको छ । ठाउँ ठाउँमा यसरी भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाको पूर्वानुमान गर्न समेत कठिन हुने गरेको छ । मौसमविद् शान्ति कडेलका अनुसार एकै पटक ह्वार्रर ठूलो पानी पर्दा बाढी, पहिरो र डुवानको जोखिम धेरै हुन्छ । मनसुनको शुरुवातमा पूर्वी पहाडी क्षेत्रमा छोटो अवधिमा धेरै ठूलो वर्षा भएको थियो । त्यसपछि पनि ठाउँ ठाउ...