राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकारमा गैरसांसदको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यसरी मन्त्री नियुक्त हुँदा न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भएको जनाएका छन् ।
गैरसांसद गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडेर चर्चा भइरहेको छ ।
अध्यक्ष थापाले लेखेका छन्, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषद्मा एक ‘गैरसांसद’को सहभागिताल...