राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको छ । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन् । छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ । काठमाडौंबाट १ सय, ललितपुरबाट ७५ र भक्तपुरबाट ५० गरी जम्मा २ सय २५ प्रतिस्पर्धी सहभागी हुने शर्माले जानकारी गराए । छात्र-छात्रा दुवैमा शीर्ष पाँच स्था