विक्की अग्रवाल र श्रद्धा प्रसाईंको विवाह

काठमाडौँ। कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्। आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ। विक्की र श्रद्धाले गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका थिए।