काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितले हाले भोट

शुक्रबार बिहान काठमाडौ महानगर वडा नम्बर २८, बागबजारस्थित पद्‌मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा पुगेर स्थापितले मतदान गरेका हुन् ।

सम्बन्धित सामग्री

आफ्नै वडामा पछि परे स्थापित, बालेनको भोट २० हजार बढी

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् । ५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १०, ९९८ भोटमा सीमित भएका छन् । त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् । मतगणना […]

काठमाडौं अपडेट: बालेनले कटाए १५ हजार भोट, स्थापित आठ हजारमा सीमित

३९,५२० भोट गणना हुँदा बालेनले १५,४०२ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित ८, २८८ भोटमा सीमित भएका छन् ।

काठमाडौँमा बालेनको अग्रताले जन्माएका ४ प्रश्नहरू

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरै परिणामहरू अनपेक्षित आएका छन् । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारले मतगणना लीड गरिरहेका छन् भने कतिपय ठाउँमा दलहरूको वर्चस्व भत्किएको छ ।त्यस्तै काठमाडौं महानगरपालिकाको मतगणना रोचक बनिरहेको छ । लौरो चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा मेयरमा लडेका बालेन शाहले मतगणनाको शुरूदेखि यो समाचार टिप्पणी लेख्दासम्म अग्रता कायम गरेका छन् । अग्रता मात्र होइन, अहिलेसम्म गणना गरिएका प्रत्येक वार्डमा उनले आफ्नो अग्रता बढाइरहेका छन् । बिहान ९ बजेसम्म उनले १० हजार २ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार ५ हजार ४ सय ५३ मतका साथ उनलाई निकै पछिबाट पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह अझै पछि छन् । ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा त्यसको ६४ प्रतिशत मात्र मत खसेको थियो । पूरै मत गन्न केही दिन अरू थप लाग्ने भएका कारण अहिल्यै कसैले जित्छ/जित्दैन भन्न छिटो हुनेछ । तर बालेनले शुरूदेखि नै लिएको अग्रताले राजनीतिक वृत्तमा केही प्रश्नहरू जन्माइदिएको छ । परम्परागत दलकै नेता/कार्यकर्ताहरूले बालेनले मेयर जितेमा चलाउन नसक्नेदेखि, बालेन कहींबाट परिचालित भएको आरोपसमेत लगाइसकेका छन् । स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन जित्दा देश गैरदलीय बन्दै जाने जिकिर उनीहरूको छ । बालेनले लिएको अनपेक्षित अग्रताले जन्माएका ४ प्रश्नहरू : १. अग्रता लिएपनि बालेनले जित्नै सक्दैनन् बालेनका मुख्य तर कमजोर बन्दै गइरहेका प्रतिस्पर्धी एमालेका केशव स्थापितले बालेन तेस्रो हुने दाबी गरेका छन् । उनले शुरूमा अग्रता लिएपनि अन्तिममा आफैंले जित्ने र बालेन तेस्रो हुने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर मतगणनाको ट्रेन्ड हेर्दा त्यस्तो देखिदैन । अहिले १ देखि ६ सम्मका वडा र ३१ र ३२ वडाको मतगणना जारी छ । सबै वडामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो । यी वडाको मतगणनामा बालेनले स्थापितको भन्दा धेरै अन्तरमा मत ल्याइरहेका छन् । अर्थात मेयरमा एक भोट लौरो र वडामा सूर्यमा मत गइरहेको छ । काठमाडौँको भित्री बस्तीको मतगणना शुरू हुँदा बालेनले लिएको अग्रता घट्ने सम्भावना त देखिन्छ । तर एमाले र कांग्रेसकै मतदाताहरूले मेयरमा बालेनलाई चुनेको ट्रेन्ड देखिएकाले भित्री बस्तीको पनि कुनै भर छैन । २. जिते पनि काम गर्न सक्दैनन् !कथंकदाचित बालेनले मेयर जितेपनि उनले काम गर्न नसक्ने अर्को प्रश्न गर्ने गरिएको छ । उनी चर्चित नेपाली र्यापरका साथै म्युजिक कम्पोजर, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियरसमेत हुन् । उनले काम गर्न नसक्ने तर्कमा दुईवटा आधार दिने गरिएको छ । पहिलो त उनी गैरराजनीतिक व्यक्ति हुन्, मेयर हुन राजनीतिक पृष्ठभूमि र अनुभव चाहिन्छ । दोस्रो उनले मेयर जितेपनि नगरसभामा उनको पक्षमा एकजना पनि हुनेछैन । सबै वडा अध्यक्षहरू कांग्रेस या एमालेका हुनेछन् त्यसैले सहयोग पाउन गाह्रो छ । पहिलो आधारमा कुनै दम छैन । किनभने यसअघि काठमाडौंकै मेयर बनेर चर्चा कमाएका केशव स्थापित राजनीतिक व्यक्तित्व त थिए, तर अनुभवहीन थिए । तर उनले गरेका केही कामहरू अहिले पनि चर्चाको विषय बनिरहन्छन । दोस्रो आधारमा केही सत्यता भने छ । नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघबीच सहकार्य हुनुपर्ने परिकल्पना गरेको छ । केन्द्र र प्रदेशमा दलको सरकार बन्ने तर स्थानीय तहमा स्वतन्त्रको नेतृत्व हुँदा सहकार्यमा असर पर्न सक्छ । अर्को नगरसभामा उनका तर्फबाट कोही प्रतिनिधित्व हुन्छन् या हुँदैनन् भन्ने कुराले भने निकै कम अर्थ राख्छ, किनभने मेयरको पद कार्यकारी पद हो । संघ र प्रदेशमा जस्तो बहुमत पुर्याएर प्रधानमन्त्री/मुख्यमन्त्रीलाई हटाउन सक्ने प्रावधान स्थानीय तहमा छैन ।३. के उनलाई राजावादी र हिन्दूवादीको समर्थन छ ?  दशकौं पत्रकारितामा बिताएर दाह्री जुँगा फुलाएका पत्रकार किशोर नेपालले एक अन्तर्वार्तामा लगाएको आरोप हो यो । तर बालेन यसअघि नै सार्वजनिक छबी बनाएका व्यक्तित्व थिए । उनको राजावादी र हिन्दूवादी रुझान यसअघि बाहिर आएको थिएन । यदि पत्रकार नेपालले लगाएको आरोपमा सत्यता हुन्थ्यो भने उनी यसअघि राजावादी अभियानमा सहभागी भएको देखिनुपर्थ्यो । देखिने गरेर बालेन हिन्दू सभा सम्मेलनमा उपस्थित पनि भएका छैनन् । उनले अहिलेसम्म आफ्नो स्वतन्त्र छबी कायम गर्न सफल देखिन्छन् । तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन । तत्काललाई उनी कुनै दक्षिणपन्थी खेमाका प्रतिनिधि भएको देखिएको छैन तर मेयरको कार्यकारी पदमा आसिन भए भने उनलाई प्रभावित तुल्याउन सबै शक्तिकेन्द्रहरू लाग्नेछन् । त्यसपछि पुनः यो विषयमा बहस आवश्यक होला । ४. बालेनले मेयर लड्न करोडौं पैसा कहाँबाट ल्याए ?बालेनलाई सामाजिक सञ्जाल फेसबुकमा करीब ३० लाख लाइक भएको पेज रुटिन अफ नेपाल बन्दले सघाएको छ । उक्त पेजको एक एडमिनका अनुसार बालेनले मेयर लड्न पैसा खर्च गरेका छैनन् । 'परिवर्तन चाहनेहरूले स्वतःस्फूर्त रूपमा बालेनका पक्षमा आफैं खर्च गरिरहेका छन्,' उनले बिजपाटीसँग भने, 'अहिलेसम्म डेढ दुई लाख खर्च भएको होला प्रचारका लागि । त्यो आफैं जुटेको हो । बाँकी बालेनले व्यक्तिगत रूपमा गर्नुपर्ने खर्च आफैं गरेका छन् ।'जम्मा डेढ दुई लाख खर्चमा काठमाडौंको मेयर लड्ने कुरा पत्यारिलो लाग्दैन । तर करोडौं लाग्नैपर्छ भन्ने पनि छैन । उनले कति खर्च गरे भन्ने कुरा आयोगमा विवरण दिनुपर्ने कानूनी बाध्यता छ । तर मतदाता प्रभावित पार्न उनले खर्च गरेको कहीं कतै सुनिएको र देखिएको भने छैन ।

भोट खसालेपछि कमलको फूलजस्तै फुल्छु : केशव स्थापित

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेपछि आनन्द महसुश गरेको प्रतिक्रिया दिएका छन् । मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताएका हुन् । उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका थिए । ‘मतदान गर्ने, मौनमा बस्ने, आकाशितर हेरेर,’ उनले भने,‘आजका दिनमा म मतदाता प्रभावित […]