दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार सम्पन्न बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्रवीप लगाउने निर्णय समेत गरेको जनाएको छ ।